गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समतिद्वारा आयोजित नेपालीहरुको लोकप्रिय पर्व शुभ दिपावली तथा छठ पर्व २०७९ को पुनित उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने :

ओसाका:गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समतिद्वारा आयोजित नेपालीहरुको लोकप्रिय पर्व शुभ दिपावली तथा छठ पर्व २०७९ को पुनित उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

नेपालीहरूको महान चाडको अवसरमा एक आपसमा भाइचारा क़ायम शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम २३ अक्टोबर साँझ ६ बजे देखि ९ बजेसम्म दोशोमाचि ओसाकामा सुरु हुने संस्थाका संयोजक श्री नर ब. थापा ज्यु ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको जानकारी संस्थाका सचिव तथा कार्यक्रम संयोजक श्री बिकाश अधिकारीले जानकारी दिनु भयो !

कार्यक्रम डिनर सहित पूर्णतया पारिवारिक वातावरणमा सम्पन्न हुने भएको हुँदा ढुक्क भएर कान्साई बासि सम्पूर्ण नेपाली समुदायलाई उपस्थित हुन समेत सादर अनुरोध गरेको ब्यहोरा संस्थाले उल्लेख गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया