काठमाडौँ । प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोख्रेलले जनताको सल्लाह सुझावका आधारमा अघि बढ्ने बताउनु भएको छ । यहि मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनु भएका पोख्रलले आफ्नो क्षेत्रको विकासका लागि जनताको सल्लाह सुझाव अनुसार अघि बढ्ने बताउँनु भएको हो ।
मोरङको क्षेत्र नं. २ बाट प्रदेश र प्रतिनिधिसभामा गरेर कुल ३४ जनाको उम्मेदवारी परेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा १३ र प्रदेशसभा सदस्यमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेसकी सुजाता कोइरालाले उम्मेदवारी दिनु भएको छ । यस्तै, एमालेबाट ऋषिकेश पोखरेल, नेपाल किसान पार्टीबाट सुरेश कुर्वा, हाम्रो नेपाली पार्टीबाट विनोदमणि भट्टराई, राप्रपाबाट गोपाल दाहाल, लोसपाबाट नारायणप्रसाद गन्गाँइ र स्वतन्त्रबाट विशेश्वर ऋषिदेव र सुनिल कुमार साह लगायतले उम्मेदवारी दिएका छन् ।
आफु निर्वाचित भएपश्चात अलपत्र परेका आयोजनाहरु पूरा गर्ने पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार पाख्रेलले प्रतिबद्धता जनाउनु भयो । सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रलाई बदल्नका लागि आफु लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । अधिकांश कृषक रहेको सो निर्वाचन क्षेत्रमा कृषिलाई व्यवसायीकरण गर्दै लाने उल्लेख गर्नु भयो । उहाँ एमाले मोरङ अध्यक्ष पनि रहनु भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया