ओएनएफ जापानले २१ औं अधिवेसन पछिको पहिलो भौतिक कार्यक्रम गर्दै

जापान:अक्टूबर १६ तारिक आईतबार १२ बजे देखि १७ बजेसम्म टोकियो को सिनओकुवो स्थित सोलमारी हलमा ओएनएफ जापानको बडादशैं दीपावली,छठ,उभौली र नेपाल सम्बत तथा नेपाली परम्परागत पर्ब हरुको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिने भएको छ।
ओएनएफ जापानको २१औं अधिवेसन पछिको प्रथम बैठकले सो निर्णय गरेको अध्यक्ष कुलचन्द्र खरेल ले जानकारी दिए। कार्यक्रम बृहत रुरमा प्रचार प्रसार तथा सबैजना ले बिंदा मिलाएर अनिवार्य उपस्थितिको लागी उपाध्यक्ष बाबुराम भण्डारी हार्दिक अनुरोध गरेका छन्। करिव १०० जना अट्ने हलमा ३०० को हाराहारिमा उपस्थिति रहने अनुमान गरिएको छ। २१औं अधिवेसन बाट निर्वाचित कार्यसमिति लाई नजिक बाट हेर्न पनि कार्यकर्ता को उपस्थिति बाक्लो रहने अनुमान गर्न सकिन्छ।

यहि अक्टुवर २ तारिक फुलपातिका दिन ओएनएफ अन्तराष्ट्रिय कमिटिको आयोजनामा नेकपा एमाले का श्रद्धय अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा दशै,तीहार छठ लगायतको बिशेष संवोधन हुने जुम शुभकामना कार्यक्रममा जापानबाट उल्लेखनिय सहभागिता जनाउन समेत ओएनएफ जापानले हार्दिक आवाहन गर्दै सम्पुर्ण नेपालीहरुमा नजिकिदै गरेका पर्वहरुको शुभकामना ब्यक्त गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया