
काठमाडौं: फूलपातिका दिन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रवासी नेपाली मञ्चले दसैं-तिहार, छठलगायतको सन्दर्भमा आयोजना गर्ने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्ने मञ्चका अध्यक्ष भक्त गुरुङले जानकारी दिए । कार्यक्रम अक्टोबर २ तारिख अर्थात् १६ असोज २०७९ आइतबार नेपाली समयअनुसार बेलुकी ५ बजे हुन्छ । कार्यक्रम जुममार्फत हुने
अध्यक्ष गुरुङले बताए ।
‘नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीज्यूबाट दसैं-तिहार, छठलगायतको सन्दर्भमा विशेष सम्बोधन हुने कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ,’ मञ्चको निमन्त्रणा कार्डमा छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया