काठमाडौँ । डेंगु रोगको संक्रमण बढिरहेका बेला लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपालमा भित्रिएको छ ।
भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम किटनाशक औषधी नेपालमा भने सफल स्वास्थ्य सेवा प्रा।लि।को सहकार्यमा भित्र्याइएको हो । यो औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दाबी गरिएको छ ।
उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधि रुनाल तामाङले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परीक्षण भएको बताए ।
उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए । लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एक प्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीले बताए ।
विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमति दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दाबी गरे । यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया