काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन् ।
आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन् ।
१८४ जना नायव सुब्बाको सरुवा गरिएको छ । अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया