जापान । उत्तर कोरियाले बुधबार आवाज भन्दा पनि द्रुत चल्ने क्षेप्यास्र हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको सरकारी समाचार सँस्था केसीएनएले बिहीबार जनाएको छ ।
हाइपरसोनिक मिसाइल क्षेत्रमा लगातार सफल परीक्षण प्रक्षेपणले आठौं दल (पार्टी )कांग्रेसले सुझाव दिएको राष्ट्रिय रणनीतिक बललाई आधुनिकीकरण गर्ने कार्यलाई गति दिन र पाँचवटा रणनीतिक हतियार क्षेत्रमा शीर्ष पाँच कार्यहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कार्य पूरा गर्न ५ बर्षिय योजना रणनीतिक महत्त्व छ ” केसिएनएले भन्यो।
क्षेप्यास्त्र प्रक्षेपण पछि अलग गरिएको थियो, प्रारम्भिक प्रक्षेपणबाट १२० किलोमिटर (७४.५ माइल) को गतिमा चलाइएको थियो, र ७०० किलोमिटर (४३५ माइल) को लक्ष्य बिना कुनै त्रुटिमा प्रहार गर्यो, केसिएनए बतायो भनि सिएनएनले समाचार लेखेको छ ।
जापान तट रक्षकले बुधबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा खसेको बताए । बुधबारको प्रक्षेपणको लगत्तै, दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले उत्तर कोरियाले ब्यालिस्टिक (प्राक्षेपिक) क्षेप्यास्त्र प्रक्षेपण गरेकोमा चिन्ता व्यक्त गरेको छ । र अन्तर-कोरियाली सम्बन्धमा तनाव कम गर्न उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न आह्वान गरेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियालाई वार्ताको माध्यमबाट शान्ति र सहयोग पुग्ने प्रयासको जवाफ दिन आग्रह गरेको छ
फेसबुकबाट तपाइको प्रतिक्रिया