टोकियो:ओएनएफ जापान कान्तो कमिटिले काठमाडौ मानपा भित्र १० ठाउमा जेव्राक्रस बनाउन सहयोग गर्ने बताएको छ।
राष्ट्रिय युवा संघ नेपाल ले काठमाडौं माहानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी नियन्त्रणका लागि सानो प्रयास ,लगनखेल लालितपुरबाट शुरु गरेको अवस्थामा कान्तो कमिटिले रु ६०,००० सहयोग गरेको थियो।
यसै गरि काठमाडौ मानपा को १० बिशेष स्थानमा जेव्राक्रसको लागि पहल भैरहेको र सरोकारवाला संग समन्वय गरि आवस्यक आर्थिक सहयोग गरिने कमिटिले निर्णय समेत गरिसकेको कमिटिका अध्यक्ष बिष्णु सापकोटाले जानकारी गर्नु भयो।
फेसबुकबाट तपाइको प्रतिक्रिया