ओएनएफ जापान कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले सेप्टेम्वर ३ तारिक कार्यवाहक अध्यक्षको जिम्वेवारी बिष्णु सापकोटा लाई दिए संगै सेप्टेम्वर २४ तारिक कार्यवाहक अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा बसेको कमिटिको बैठकले जिम्वेवारी हेरफेर गरेको छ ।बुद्धि राज घिमिरेले विज्ञप्ति संगै सबै लाई धन्यवाद दिएका छन्:

टोकियो: ओएनएफ जापान कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले सेप्टेम्वर ४ तारिक आयोजना हुने २१औं राष्ट्रिय कमिटिको अधिवेसनमा उमेदवारी दिनको लागि कान्तो कमिटिको कार्यवाहक अध्यक्षमा बिष्णु सापकोटा लाई सेप्टेम्वर ३ तारिक जिम्वेवारी दिएका हुन्। सेप्टेम्वर २४ तारिक कार्यवाहक अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा बसेको कमिटिको बैठकले जिम्वेवारी हेरफेर संगै बाकी सदस्य मनोनित गर्दै ससल्लाहकार चयन गरेको हो। कमिटिले जिम्मेवारी हेरफेर गरे लगतै निबर्तमान अध्यक्ष बुद्धि राज घिमिरेले एक विज्ञप्ति मार्फत यस्तो लेख्छन्:

विज्ञप्ति

आदरणिय कान्तो वासी ओएनएफ सुभचिन्तक, समर्थक तथा अभियान्ता हरु नमस्कार🙏

बिस्वको सर्वोच्च शिखर सगरमाथा , शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल र प्रकृतिको शुन्दरताले भरिपूर्ण रहेको मातृभुमी नेपालमा जन्मेर आफ्नो योग्यता , क्षमता ,रूचि, पेशा आदीका कारणले जापानको कान्तो क्षेत्रमा बसोबास गरिरहनु भएका तपाई सम्पूर्ण साथीहरू लाई पुन हार्दिक अभिवादन व्यक्त गर्दछु।

हाम्रो मुलुकमा न्याय ,स्वतन्त्रता , स्वाभिमान , प्रगति ,अग्रगमनका लागी लोकतन्त्र र जनजीविका पक्षमा दृढतापूर्वक उभिएर ज्यान उत्सर्ग गर्ने सबै महान ज्ञात अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रिय कमरेडहरु ,
आजको दिन सम्म नेपाली समाजलाई प्रगतिशील रूपान्तरण र अग्रगमनको बाटोमा डोर्याउनको लागी आजीवन समर्पित रही दिवंगत हुनभएका आदरणीय नेताहरू पुष्पलाल श्रेष्ठ , मनमोहन अधिकारी , मदन भण्डारी , जीवराज आश्रित लगाएत आदरणीय नेताहरु प्रति भावपूर्ण श्रद्धाञ्ली अर्पण गर्दछु ।

जापानमा आजभन्दा ६६ बर्ष अगाडि पहिलो पटक नेपालबाट आठ जना बिद्यार्थीहरु अध्ययनको लागी आएको इतिहास छ । यसरी शुरू भएको नेपालीहरूको आगमनमा पछी अहिले नेपाली हरूको संख्या निकै बढेको छ । प्राप्त सरकारी तथ्यांक बमोजिम हाल एकलाख को हाराहारीमा नेपाली रहेको अनुमान छ । नेपाली हरूको बढ्दो जापान प्रवेश संगै ओएनएफका सदस्य , समर्थक र शुभचिन्तक हरू जापान आउने क्रम पनि बढेको छ । जापानमा मुख्यतया बिद्यार्थी ,कम्पनि मजदुर , स्किल श्रमिक ब्यबासाय गर्ने नेपालीहरु संख्या बढ्दै गएको र त्यसमा उल्लेखनीय पंक्ति हाम्रो पार्टीको समर्थक रहेको बुझ्न सकिन्छ ।

प्रिय कमरेडहरु,
नेपालमा हाम्रो पार्टी र नेतृत्वमाथि त्यस कालमा जुन किसिमको हमला गरियो त्यसको बिरुद्ध पार्टी र हाम्रो नेतृत्व श्रदेय पार्टी अध्यक्ष कमरेड केपी ओलीले पार्टी बचाउन चालेका हरेक कदमको पक्षमा प्रवासमा पनि अभियान संचालन गरियो, यसै सन्दर्भमा बिबिध परिस्थितिमा प्रवासी नेपाली मंच जापानको राष्ट्रिय कमिटिले चौथो क्षेत्रीय कमिटि लाई पूर्नगठन गरी कान्तो कमिटिको जिम्मेवारी २०२१ मेई ९ तारिक म बुद्धिराज घिमिरेको नेतृत्वमा ३६ सदस्सिय कमिटि गठन गर्दै जिम्वेवारी प्रदान गरेको अवस्था हो।त्यस समय अत्यन्त उत्साहका साथ हामीले काम सम्पन्न गर्यो र मिती २०२२ अगस्ट ७ तारिक माननिय बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा अधिबेशन भव्य, सभ्य र एतिहातिक रुपमा आयोजना गर्यौ। हाम्रो कामको सिलसिला र नेपाली समुदाय लाई संगठित गर्ने अभियान अन्तर्गत विविधत रुपमा सम्पन्न प्रवासी नेपाली मंच जापान कान्तो क्षेत्रीय कमिटिको २०२२ अगस्ट ७ तारिक सम्पन्न गरिमामय ५औं अधिवेशन ले प्रवासी नेपाली मंच जापान कान्तो क्षेत्रीय कमिटिको अध्यक्षको जिम्वेवारी अधिवेसन हलले मलाई दिनु भएको हो।

प्रिय कमरेडहरु
चौंथो अधिबेशन पश्चात मंचमा बिभिन्न आरोह अबरोह पार गर्दै पांचौं अधिबेशन सम्ममा बिशेष परिस्थितिमा प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि जापानले कान्तो कमिटि पुनर्गठन गरेपछि हामिले निम्नानुसार कामहरु सम्पन्न गर्यौं । जसमा:

क)(मिति : २०७८ असोज ४ गते २०२१-९-२०)
ONF JAPAN कान्तो तीज नृत्य प्रतियोगिता-२०२१ नतिजा घोषणा
साथै
‘नेपाली महिला आन्दोलन, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि : मा. बिन्दा पाण्डे
सांसद, प्रतिनिधी सभा तथा पोलिटब्यूरो सदस्य, नेकपा(एमाले)

बिशेश अतिथि:- भक्त गुरुङ
अध्यक्ष-ओएनएफ आईसिसि

बिशेष अतिथि- सृजना काफ्ले
पूर्व अध्यक्ष – ओएनएफ, जापान तथा बिदेश बिभाग सदस्य, नेकपा एमाले

बिशेष अतिथि- भक्त गुरुङ
ओएनएफ आईसिसि सचिवालय सदस्य साथै ईन्चार्ज पुर्वि एशिया कमिटि

अतिथि- डा. सरोज कडेंल
अध्यक्ष पुर्वी एशिया ओएनएफ

अतिथि- सुरेश केसी, अध्यक्ष – ओएनएफ जापान

ख)स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सात सूर्य सात छाप टिकटक प्रतियोगिता अभियान संचालन गरिएको।

ग)स्थानिय निर्वाचनमा अध्यक्षमा उमेदवारी दिनु भएका ओएनएफ कान्तो कमिटिका पुर्व उपाध्यक्ष अनन्त भण्डारी बिजय अभियान संचालन गरिएको।

घ)स्थानिय निर्वाचन २०७९ मा सूर्य झण्डा बिवरण अभियान अन्तरगत ७,७०० सूर्य ॲकित झण्डा पाटि कार्यालयमा हस्तान्तरण अभियान ।यस अभियानमा सहयोग गर्नुहुन पुर्वि एशिया ईन्चाज भक्त गुरुङग, राष्ट्रिय कमिटि, क्षेत्रिय कमिटि र सम्पुर्ण सहयोग दाता प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।(पाटि कार्यालयको पत्र सहित)

ङ)पाचौ अधिवेसन सम्पन्न गर्न आर्थिक स्रोत संकलन अभियान।

च) सूर्य ॲकित १५० थान टिसट हस्तान्तरण अभियान।

छ) १०औं महाधिवेसनमा उपस्थितिको सहजकताको लागि बस रिजर्भ गरि कार्यक्रम स्थल सम्म जान बडा लाई केहि आर्थिक सहयोग गरिएको।

[युवा संघ ले महानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी नियन्त्रणका लागि सानो प्रयास ,लगनखेल लालितपुरबाट हुदै गरेको अवस्थामा रु ६०,००० सहयोग गरिएको} र
[काठमाडौ मानपा को १० बिशेष स्थानमा जेव्राक्रसको लागि पहल भैरहेको]

प्रिय कमरेडहरु ,
हामीले जति जापानको समुदाय बिचमा संगठनलाई लैजान भरपुर प्रयास गरेका थियौ,अझैपनि हाम्रा केहि कमजोरीहरु छन । हामीले हाम्रा कमजोरी हरुलाई हटाउदै अघि बढ्नु आजको आबस्यकता छ । जापानको कान्तो क्षेत्रमा बढ्दो नेपालीको चाप संगै संगठनलाई फैलाउनु पर्ने ठुलो चुनौती हाम्रा बिचमा छ । हरेक केनहरुमा कमिटिहरु बिस्तार गर्दै जहां नेपाली त्यहा प्रवासी नेपाली मंच भन्ने मुल कुरालाई आत्मसाथ गर्दै अगाडि बड्नु छ । आगामी दिनहरुमा योजना बनाएर बिधान बमोजिम कमिटि हरु निर्माण गर्नु , परिचालन गर्नु पहिलो काम हुनु पर्नेछ । कार्यकर्ताको बिचमा कमरेडली भावनाको बिकाश गर्दै प्रशिक्षण कार्यक्रम संचालन गर्नु , सबै केनका नेपाली हरु संग हातेमालो गर्नु आजको आबस्यकता हो । हामी त्यो आबश्यकता पूर्ति गर्दै संगठन निर्माणको महान अभियानमा लामबद्ध हुनु पर्नै छ। भर्खरै घोषणा भएको संघ र प्रदेश निर्वाचनमा हाम्रा उमेदवारहरु बिजय गरि अध्यक्ष केपि वलिकै नेतृत्वमा सरकार बनाउन यहा बाट पनि बिभिन्न अभियान चलाउन अव हाम्रो अभियान हुन आवस्य छ।

ओएनएफ राष्ट्रिय कमिटि जापानको मिति २०२२ सेप्टेम्वर ४ मा आयोजना हुने २१औं अधिवेसनमा उमेदवारी दिने निर्णय लिदै कान्तो कमिटिको कार्यबाहक अध्यक्षको जिम्वेवारी सेप्टेम्वर ३ तारिक उपाध्यक्ष बिष्णु सापकोटा लाई दिएको थिए ।

४ तारिक मलाई राष्ट्रिय अधिवेसनको हल ले उप सचिवको जिम्वेवारी दिएको हुदा बिधान अनुसार मेरो कान्तो कमिटिको अध्यक्ष पद सोहि मिति बाट सोतह निस्कृय भएको जानकारी गर्दछु।

मिति २०२२ सेप्टेम्वर २४ तारिक को कान्तो कमिटि को बैठकले जिम्वेवारी हेरफेर गरि बिष्णु सापकोटा लाई अध्यक्ष, उपाध्यक्षमा मनोज श्रेष्ठ र सचिवमा बासुदेव पन्त लाई चयन गर्दै मनोनित सदस्यमा क्रमश राम ब घिमिरे,नरेश ब जिसी,मिना पछाई ,दयाराम कडेंल र अर्जुन जिसी लाई चयन गरेकोमा उहाहरु लाई हार्दिक बधाई दिदै निवर्तमान अध्यक्षको हैसियतमा कान्तो कमिटि लाई आफ्नो तर्फ बाट अझै बडि सहयोग र हातेमालो गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु।

अन्तमा कान्तो कमिटिको पांचौ अधिवेसन बाट मेरो नेतृत्वमा गठित कार्यसमिति ले यो अवस्था सम्म मन्चलाई पुर्याउन खेल्नु भएको रचनात्मक भूमिका र सहयोग प्रति पनि पुन हार्दिक धन्यवाद दिन चाहन्छु।

हार्दिक अभिबादन सहित
बु्द्धिराज घिमिरे
नि.अध्यक्ष
प्रवासी नेपाली मंच जापान,
कान्तो कमिटि
२०२२-९-२५

फेसबुकबाट तपाइको प्रतिक्रिया