प्रतिनिधिसभातर्फ नेपाली कांग्रेससहित ४८ दलले बुझाए बन्दसूची

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।

बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया