संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी

काठमाडौं । राष्ट्रपति कार्यालयमा संविधान दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेकी हुन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरु उपस्थित छन्।

सो अवसरमा लोक संगीत, मयुर नाच, कृष्ण लिला, मादल नृत्य, सोरठी, चन्डालिका नृत्य, लाखे लगायत नृत्य प्रस्तुत गरिने राष्ट्रपति कार्यालयले जनाएको छ। त्यस्तै लाखे, साकेला, सेलो, अष्टमातृका नृत्य पनि राखिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया