
राईनास:चेपे नेपालको एक नदी हो। बौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध हिमालदेखी राइनाशटारको पुच्छारमा पुग्दछ र मस्र्याङ्गदीमा मिसिन्छ। मिर्दी खोला साघ्ही खोला खारखोला र कदलीखोला गोरखाबाट बगेका चेपेका साहायक खोलाहरू हुन् भने लाङ्दी कूएले खोलो चिल्ली खोलो र बोराङ खोलो जम्जुङ्गबाट बगेका चेपेका सहायक खोलाहरू हुन्। मल्लाटार च्याङ्लीटार जस्ता टारहरूमा चेपेबाट सिचाई गर्न सकिन्छ। चिल्ली खोलाको दोभानबाट निमार्ण गरिएको नहरले जम्जुङ्गका साहिलीटार अल्काटार तीनपिप्ले र गरमबेसी आदीमा सिचाई सुविधा पुगिसकेको छ।
द्रव्य शाह गोरखाका राजा र नरहरि शाह (लमजुङका राजा) दाजु-भाइबीच झगडा भए पछि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ ।
यसै सन्दर्भमा राईनास नपा का उप मेयर पुष्प राज खनाल अपिल गर्छन्:२०७९।०६।०५गते दिनको १ वजे राइनास नगरपालिकाको आयोजनामा राइनासटार सिचाई आयोजनाको मुहानमा निमार्णाधिन चम्पावती हाइड्रो पावर प्रा.लि. को विद्युतगृहले पुर्याउने असर सम्बन्धमा आयोजना स्थलमै सार्वजनिक सुनुवाई आयाेजना गरिएकोले यहाँको गरिमामय उपस्थितीको लागि अनुरोध छ । हामीले आधिकारिक रुपमा जतिसुकै प्रयास गरेपनि घुमाउरो उत्तरमात्र प्राप्त हुने, पानी नहरको मुहान भन्दा तल खस्ने पक्का हो भनेर जानाकार विग्ज्ञले बतायको र हाइड्रोको जबाफमा पनि पानीलाई मुहानैमा खस्ने गरि व्यवस्था मिलाइने भन्ने जवाफ आउने गरेको ले , पानी नहरको मुहान भन्दा माथिनै प्रकृतिक रुपमानै खस्ने कुरा नकि तल खसेको पानीलाई पाइप मार्फत अप्राकृतिक तरिकाले मुहान माथि वाट खसल्ल्ने कुरा हामिलाइ मन्य छैन । यो कुराको सुनिस्चितता गर्न यहाको उपस्थिति र आवाजले मुद्धालाइ राष्ट्रियकरण गर्ने छ र सरोकारवालाको ध्यानाकर्षण हुने छ। सम्पुर्ण राइनास का जनताको उपस्थितिलाइ र पत्रकार मित्रहरूले यो जनाताको मुद्धालाई सहयोग गर्न पनि अपिल गर्द्छु भन्दै उपस्थितिको लागि अपिल गरेका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया