तमु धीं जापानको २७ औं ल्होसार सांस्कृतिक साँझ भब्य रुपमा सम्पन्न

टोकियो ।  तमु धीं जापानको २७ औं ल्होसार सांस्कृतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ । टोकियोमा विविध साँस्कृतिक कार्यक्रम सहित तमु धीं जापानले भब्य रुपमा आफ्नो मौलिक पर्ब २७ औं तमु ल्होसार सम्पन्न गरेको हो ।

तमु धीं जापानका अध्यक्ष सौगात गुरुङ, प्रमुख अतिथि श्री गुरुङ्ग, बिशेष अतिथि एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सन्जिब राइ, नेपाली ब्यवसायी संघ जापानका बरिष्ठ उपाध्यक्ष ददिवल खड्का, तमु धीं जापानका संरक्षक ओम गुरुङ् लगाएतले रिबन काटेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
तमुहरुको राष्ट्रिय गीतबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रमको संचालक तमु धीं जापानका महासचिब चित्र तमुले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य शोम माया गुरुङ र शुभकामना मन्तब्य अमर तमुले राख्नु भएको थियो । साँस्कृतिक कार्यक्रमको संचालन अमर तमु र अरमान तमुले गर्नु भएको थियो ।

कलाकार खुसि तमु, अरमान तमुले नृत्य प्रस्तुत गरेर भरपुर मनोरंजन दिनु भएको थियो । नेपालबाट जापान आएको प्रथम गुरुङले ‘डाडा घरे साइली’ गाय क रुपेश तमुले सालैज्यु, भेडी गोठ, लगाएतका गित गाएर उपस्थितीहरुलाई भरपुर मनोरंजन दिलाएका थिए । भ्वाइस अफ नेपाल ब्याटल राउण्ड सम्म पुग्न सफल गाएक काले भाइले ‘माया पिरती” लगाएतका गीतले माहोल तताएका थिए । गायक अमर तमुले गित गाउदा हल गुञ्जायमान बनेको थियो भने गुरुङ्ग भेषभुषामा रंगी चंगी सजिएका तमु तथा उपस्थिहरु नाचेर रमाएका देखिन्थे । कार्यक्रमलाइ भरपुर मनोरंजन दिन सफल कलाकारद्वय, अरमान गुरुङ, अमर गुरुङ, रुपेश गुरुङ्ग, काले भाइ आदिले दर्शकहरु सबैको वाहा, वाहा पाएका थिए भने उपस्थित शुभचिन्तक, आफन्तहरुको अपार हौसल्ला पाएका थिए । कार्यक्रममा कलाकारहरु खुसी गुरुङ् अरमान गुरूङ, सागर मगर, लगाएताका कलाहरहरुको नृत्य प्रस्तुति उत्कृष्ट रहेको थियो । मनसाय ब्याडका ब्याड मेम्बर दिनेश तमु ज्युले आफ्नो ब्याडको लोक प्रिय गित “आए म”जस्ता बहुचर्चित गित गाएर उपस्थिेतलाइ मनोरंजन दिन सफल भएका थए । कलाकारहरुको मनमोहक नृत्य र गायक गायीकाहरुको बेजोड प्रस्तुतिमा जापानबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए।

तोञ्ल्हो को स्वागत र गाइ बर्गको बिदाइ गर्नुका साथै ल्हो फेरिनेहरुलाई समेत सम्मान गरिएको थियो । भने तमु धिं जापानको नयाँ कार्य समिति साथै समाजमा हालसालै नयाँ आजिबन सदस्यता ग्रहण गरेका सदस्यहरुलाई प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्यज बितरण गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया