
जापान: ओएनएफ जापान,कान्तो कमिटिको बिशेष बैठक राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको थियो।बैठकमा राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलले माहानगर मा सरसफाई अभियानको बिभिन्न चरण र आज सम्मको सरसफाई अभियान संगै देशको राजनितिक परिस्थिति समेट्दै, नव निर्वाचित कान्तो कमिटिलाई शुभकामना दिनु भएको सचिव मनोज श्रेष्ठले जानकारी गराए।
माहानगरमा लामो समय देखि फोहरको ब्यवस्थापन नहुदा बर्खा र गर्मि मौसमका कारण माहामारी फैलने सम्भावना देखिन्थ्यो , तर राष्ट्रिय युवा संघ नेपालले त्यो अवस्था सम्म पुग्न नदिन एक एतिहासिक कार्य थालनि गर्यो। यस्तो कामलाई प्रवासवाट पनि निकै चासो र महत्वका साथ हेर्दै फोहर ब्यवस्थापन गर्दा सरसफाईका सामाग्री तथा औजार खरिद गर्न सदज होस भन्ने उदेश्यले राष्ट्रिय युवा संघको उदेश्य र योजना अनुसार महानगर पालिकाको फोहर ब्यवस्थापन र लालितपुरमा तिब्ररुपमा फैलीरहेको डेंगी नियन्त्रणका लागि रु६०,००० सहयोग गर्ने कान्तो कमिटिको नीर्णय अनुसार आज उक्त रकम राष्ट्रिय युवा संघ नेपालको खातामा दाखिला गरिएको अध्यक्ष बुद्धि राज घिमिरेले जानकारी गराए।
यस अभियानलाई सहजिकरण गर्न खेल्नु भएको भुमिकाको लागि दिनेश ढकाललाई कमिटिको तर्फबाट धन्यवाद ब्यक्त गरेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया