जापानमा नेपालबाट आउनु भएका माननिय, मेयर र अन्य भ्रमण दललाई टोकियोमा एक कार्यक्रम मार्फत सम्मान तथा बिधाई आयोजना सम्पन्न गरियो:

जापान:माननिय, मेयर र अन्य भ्रमण दललाई आज टोकियोमा एक कार्यक्रम मार्फत सम्मान तथा बिधाई आयोजना सम्पन्न भयो।
बागमति प्रदेश सांसद माननिय प्रकाश श्रेष्ठ,नागार्जुन नपा का मेयर मोहन बहादुर बस्नेत,तार्केश्वर नपा मेयर कृष्ण हरी महर्जन,नागर्जुन नपा उपमेयर शुशिला अधिकारी,नागार्जुन नपा ५ का वडा अध्यक्ष महेश रिमाल, २ का वडा अध्यक्ष ढुम राज केसी अन्य सहभागि आनन्द खड्का,नारायण तिमिल्सिना,कंचन खनाल,वडा सदस्य केशव थापा?पुर्व बडा अध्यक्ष राजेन्द्र बुढाथोकी र राजु तिमिल्सिना नेपाल बाट एक हप्ता अगाडि जापानले फोहरमैला सम्वन्धि गरेको बैज्ञानिक प्रबिधि, खानेपानी तथा ढल निकासबारे अध्ययन तथा अवलोकन गर्न उक्त टोलि ७ दिन पहिले जापान आएको हो।

जापानमा फोहर मैला ब्यवस्थापन, बिजुली बत्ति, खानेपानी ब्यवस्थापन जस्ता बिषय अध्ययनको लागि उक्त टोलि ८ दिने भ्रमणको लागि जापान आएको थियो। भ्रमण खर्च ब्यक्तिगत रहेको तर भ्रमण अफिसियल भएको सहभागी ले जानकारी दिनु भयो।


रातो माटो हलमा आयोजना गरिएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, संरक्षक अनिता गुरुङग र पत्रकाल महासंघ जापानका अध्यक्ष मोहन घलेले उहाहरुको भ्रमणको उदेश्य र अवका दिनमा गर्नुहुने योजनाहरुको सफलताको शुभकामना सहित मनतव्य राख्नु भयो।एनआरएनए जापानका पुर्व महासचिव बुद्धि राज घिमिरेले कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो।कार्यक्रम आयोजना गर्ने परिस्थिति संयोजन गरिदिएकोमा रातोमाटो का संचालक तथा एनआरएनए जापानका मानार्थ सदस्य डिपि काप्रि संगै रातोमाटो परिवारलाई धन्यवाद ब्यक्त गरिएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया