कान्साई: आज बाट नै लागु हुने गरी एन आर एन जापान कानसाइले प्रत्येक आईतबार सन्चालन गर्ने हेल्प डेस्क कार्यक्रम अन्तरगत आज पहिलो कार्यक्रम सम्पन्न भएको छ।
एन आर एन जापान कानसाईले विशेषगरी नव आगन्तुक विद्यार्थीहरुलाई लक्षित गरि सन्चालन गरेको हेल्प डेस्क कार्यक्रम अन्तरगत आज ओसाकाको एबिसु स्टेसन नजिकै एबिसुनिसि कानिसावार्ड ओसाका 株式会社サムランドभएको दोस्रो तल्लामा आज पहिलो पटक कार्यक्रम सम्पन्न भएको छ जहाँ करिब ३० जना विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको संयोजक श्री नर थापा ज्यु र उप संयोजक श्री टिआर गौडेल ज्यु ले जानकारी गराउनु भएको छ। आज पहिलोपटक आयोजना भएको यस कार्यक्रममा संस्थाका विभिन्न व्यक्तिहरु को उपस्थित रहेको थियो जसमा सचिव संयोजक श्री नर ब. थापा ज्यु, उपसंयोजक श्री टिआर गौडेल ज्यु,श्री विकास अधिकारी ज्यु , कोषाध्यक्ष श्री तिलक क्षेत्री ज्यु ले जापानको वर्तमान अवस्था बारे जानाकारी, विद्यार्थीहरुले अपनाउनु पर्ने विभिन्न महत्वपुर्ण कुराहरु, आरुबाइतोको लागि मेनसेचुको तयारी , ट्राफिक नियम बारे जानकारी , अनलाइन ठगी बारे जानकारी र भाषा लगायत अन्य विभिन्न महत्वपुर्ण कुराहरु बारेमा जानाकारी गराएको जनाउनुभएको छ। कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुले हाल जापानमा काम पाउन अत्यन्तै जटिल भएको र गाक्कोउले समेत सोचे जति सहयोग नगरेको गुनासोहरु सुनाएका थिए र जसरी नेपालमा कन्सलटेन्सीहरुले जापानको बारेमा बताएका थिए त्यति नै सहज नभएको पनि विद्यार्थीहरुले सुनाएका थिए।
विशेषगरी आगामी दिनमा पनि जापानमा रहेका नव आगन्तुक विद्यार्थीहरु सङ्गै सेनमोन गाक्कोउ तथा दाईगाकु प्रवेश र しょうしょく就職 गर्ने विद्यार्थीहरु लाई लक्षित गरेर कार्यक्रम अघि बढाउने जानकारी सोहि संस्थाका संयोजक श्री नर ब. ज्यु ले जानाकारी दिनु भएको छ।
यस कार्यक्रममा सोधिएका केहि प्रश्नहरुको उत्तर यस प्रकार रहेको छ।
के तपाईहरुले यो कार्यक्रमलाई निरन्तर अगाडी बढाउन सक्नुहुन्छ त?हामीले निस्वार्थ रुपमा संस्थाका सम्पुर्ण सदस्यहरु विच सल्लाह गरेर हप्ताको १ दिन प्रत्येक आइतबार दिउँसो ३ बजे देखि ५ बजेसम्म सन्चालन गर्ने भनेर निर्णय गरेका थियौँ र सबै मिलेर पालैपालो भएपनि यसलाई निरन्तर अघि बढाउने प्रतिबध्दता गरेका छौँ र निरन्तर अगाडी बढाउने प्रयास पनि गर्ने छौँ।
तपाईहरुले सन्चालन गर्नुभएको यस कार्यक्रमबाट विद्यार्थीहरुले के कति सहयोग पाउने छन त?
विशेषगरी हामीले यो सेवा निशुल्क रुपमा सन्चालनमा ल्याएका छौँ र यसमा हामीले नव आगन्तुक विद्यार्थीहरुलाई सुरुवाति अवस्थामा कठिन हुने परिस्थितिहरुलाई सहज बनाउन सकिने जानकारी प्रदान गर्नेछौँ। यस अन्तरगत हामीले गर्न सक्ने सहयोग यसप्रकार रहेका छन ।
१ .जापानमा दैनिक जीवनम आइपर्ने समस्या र समाधान सम्बन्धमा
२- कामको खोजी तथा मेन्सेचु सम्बन्धमा
३-सार्वजनिक यातायात प्रयोग सम्बन्धमा
४-अनलाईन ठगी सम्बन्धमा
५- पानी बिजुली, ग्यास र मोबाइलका बिलहरु तिर्ने तरिका सम्बन्घमा
६-सुरक्षित साईकलको प्रयोजन र बिमा सम्बन्धमा
७-बिरामी हुँदा हस्पिटल खोज्ने तरिका सम्बन्धमा
८- कुयाकुस्योउ बाट मिल्ने सेवा सुबिधा सम्बन्धमा
९-बिभिन्न क्षेत्रबाट मिल्ने छात्रवृत्ति(Scolarship) सम्बन्धमा
१०-जापानिज लाइफ स्टाइल सम्बन्धमा
११-जापानीज भाषाको अध्ययन पस्चात सेनमोन अथवा दाईगाकुको छनोट सम्बन्धमा इत्यादि ।
यस्तै विभिन्न किसिमका प्रश्नहरु को साथै विद्यार्थीहरुको विभिन्न अरु गुनासोहरु पनि राखिएको थियो र सन्चालक ज्यु हरुबाट राम्रै किसिमको सर-सल्लाह पनि प्रदान गरी कार्यक्रमलाई समापन गरेको र कार्यक्रम स्थल नि:शुल्क उपलब्ध गराएर सहयोग गर्ने समल्याण्ड (Sumland Real state) परिवार जसले नव आगन्तुक विद्यार्थीहरुलाई आवासको लागि रुमहरु खोज्नको लागि पनि सहयोग गरेको श्री नर ब. ज्यु ले जानकारी प्रदान गर्नुभयो।
धन्यवाद ।
फेसबुकबाट तपाइको प्रतिक्रिया