“शब्दचित्रमा खगेश्वर ढकाल” स्मृतिग्रन्थ सार्वजनिकीकरण:

काठमाडौँ । आधारशिला कलेजका अध्यक्ष भोला ढकाल, डा. चूडा ढकाल, निरञ्जन ढकाल र ईश्वरी ढकालका पिता कीर्तिशेष खगेश्वर ढकालको प्रथम स्मृतिदिवसको अवसरमा “शब्दचित्रमा खगेश्वर ढकाल” स्मृतिग्रन्थ सार्वजनिकीकरण भएको छ ।
बसुन्धरा–खगेश्वर ढकाल परिवारको निवास काठमाडौँ रानीवनमा २०७९ भदौ १२ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
खगेश्वर ढकालकी साहिँली बुहारी डा. कौशिला रिसालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्मृतिग्रन्थको सार्वजनकीकरण वीरबहादुर खत्री, भगवती ढकाल र प्रकाश थापामगरले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तक र कीर्तिशेष खगेश्वर ढकालको जीवनी र व्यक्तित्वमाथि आधारित रहेर तुलसीनारायण श्रेष्ठ, सुभाष देवकोटा र प्रकाश थापामगरले समीक्षात्मक मन्तव्य राख्नुभएको बुद्धि राज घिमिरेले हामिलाई जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा विष्णुहरि देवकोटा, समीर सिंह, डिल्लीराज ढकाल, बाबुराम विश्वकर्मा र रमेश पौडेलले पूरक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अन्तमा शान्ता ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
वि.सं. १९८८ मा सिरानचोक–२ गोरखामा जन्मनुभएका ९० वर्षीय कीर्तिशेष खगेश्वर ढकालको निधन गत २०७८ भदौ २२ गते काठमाडौँमा भएको थियो ।
कीर्तिशेष खगेश्वर ढकालको जीवनी, व्यक्तित्व र कार्यसित सम्बन्धित रहेर बसुन्धरा–खगेश्वर ढकाल परिवारले २३२ पृष्ठको सो स्मृतिग्रन्थ प्रकाशन गरेको थियो । निरञ्जन ढकाल प्रकाशक रहनुभएको उक्त स्मृतिग्रन्थमा परिवार र परिवारबाहिरका ६७ ओटा तथा स्वयम् खगेश्वर ढकालका लेखरचना समावेश गरिएको जानकारी गर्नु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया