चुनाबको मुखैमा रितियो नेकपा एस: पोलिटब्यूरो सदस्यसहित सवै पदाधिकारी एमालेमा फर्किए !

कञ्चनपुर,।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टी कञ्चनपुरमा रित्तिने अवस्थामा पुगेको छ । अध्यक्ष माधव नेपालले निर्णय गरेरै नेकपा माओवादी केन्द्रमा बिलय गराउने नीति लिएपछि कञ्चनपुरमा बिगतमा माधवतिर लागेका सवैजसो नेता–कार्यकर्ता नेकपा एमालेमा फर्कने निर्णयमा पुगेपछि सो पार्टी रित्तिने अवस्थामा पुगेको हो ।
कञ्चनपुरका शीर्ष नेताहरू नेकपा एमालेमा फर्किने तयारी गरिरहेका बेला नेकपा एसले डाँकेको जिल्ला कमिटी बैठकमा अधिकांश नेता, कार्यकर्ता सहभागी नभएपछि सो पार्टी रित्तिने प्रष्टै संकेत मिलेको हो ।
जिल्ला कमिटी बैठकमा प्रभावशाली पदाधिकारी र सदस्यहरू नै उपस्थित नभएपछि एस रित्तिने संकेत देखिएको सोही पार्टीका एक नेताले बताएका छन ।‘हामी कोही पनि माओवादीमा बिलय हुन तयार छैनौं, अव बिस्तारै एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित हुने देखिन्छ,’ ती सदस्यले भने,
‘बैठकमा आउनुभएका प्रमुख अतिथि महासचिव बेदुराम भुसाल निकै निराश देखिनुभयो ।’ कञ्चनपुरका प्रभावशाली नेतासहित नेकपा एस कञ्चनपुरका ७ जना पदाधिकारीमध्ये ४ जना एमालेमा फर्किंने निर्णयमा पुगेका छन ।
पार्टी पोलिटब्यूरो सदस्य तथा प्रदेश अध्यक्ष बिक्रमबहादुर शाही, केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव, पूर्वमन्त्री तारा लामा तामाङ, संघीय सांसद बिना बुढाथोकी, जिल्ला उपाध्यक्ष अशोक चन्दलगायत नेता, कार्यकर्ता एमालेमा फर्किने निश्चित भएको हो । उहाँहरुलाई यही भदौ १५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । source: pathivaradaily
नागरिकता विधेयक : कानुनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल कुनैपनी हालतमा पास हुन नदिने…{शेयर गरौं}
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद मा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा
छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संवि धानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन् ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारी,संविधानविद् डा.भीमार्जुन आचार्य,
संविधानविद् डा.विपिन अधिकारी, अधिकार कर्मी सुवोध प्या कुरेल, वरिष्ठ पत्रकार आदित्य मान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उप स्थिति थियो ।
छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भिर रुपमा नलिएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी सँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरित सरकार अघि बढेको बताए ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रप्रमु खले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्री ले लिनुपर्ने अन्तराष्ट्रिय अभ्यास भएपनि नेपालमा भने दुर्भाग्य पूर्ण अवस्था देखिएको बताए ।
उनले संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गरेको पनि बताए । त्यस्तै अर्का संविधानविद् डा.विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्य क विषयमा छलफल नै नभएको बताए ।
अधिकारीले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिए । त्यस्तै संविधानविद् डा.भीमार्जुन आचार्य ले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ठ प्रयोग भएको बताए ।
आचार्यले सभ्य समाजले कल्पना गर्न पनि नसक्ने कार्य सरका रबाट भएको भन्दै संविधान को सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिए । उनले लोकतन्त्र निजी लोकतन्त्र जस्तो भएको टिप्पणी गर्दै सरकारमा हदैसम्म को अहंकार देखिएको बताए ।
उनले चुनाव घोषणा भएपछिको सरकारले दीर्घकालसम्म असर पर्ने कार्य गर्न नहुने संवैधानिक मान्यतालाई लत्याएको उल्लेख गर्दै संसद भित्रको गतिविधि पनि आपत्तिजनक रहेको बताए । त्यस्तै अधिकारकर्मी सुवोध प्याकुरेलले उग्र अराजकताका कारण मुलुक ज्वालामुखी माथि उभिएको अवस्थामा रहेको टिप्पणी गरे ।
उनले अति कानुनका कारण देश बिग्रिएको भन्दै उनले मुलुकमा खास राजनीतिक संक्रमण शुरु भएको बताए । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी ले हतारमा गरेको विधेयक पासले मुलुक संवैधा निक मुठभेड तर्फ उन्मुख हुने हो कि भन्ने आशंका उब्जिएको बताए ।
अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि नागरिकता जस्तो विषयलाई संसदको दुई तिहाइबाट टुंग्याउनुपर्ने विषय भएपनि संविधान निर्माणका क्रममा नै त्रुटी भएको बताए । उनले सरकार र संसद संवैधानिक दायित्वबाट पन्छिएको बताए ।
अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सरकारले देशमा अराजकता उत्पन्न गराउन खोजेको बताउँदै गम्भिर विषयमा पनि संसद र सरकारले ख्यालख्याल गरेको बताउनु भयो । नागरिकता बाट कुनैपनि नेपाली वञ्चित हुन नहुने तर विदेशी नागरिकको हकमा भने राज्य कडा नै रुपमा प्रस्तुत हुनुपर्ने बताए ।
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सिनाले संसद सिमि त नेताहरुको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दै अबको १५ दिनभित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरूसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिए ।
विज्ञहरुले दिएको सुझावपछि राष्ट्रपति भण्डारी ले नागरिक ताको समस्या लामो समयदेखि रहेको र त्यसलाई सल्टाउनुपर्ने तर राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राख्नुपर्ने बताए । आफूले संवैधानिक क्षेत्राधिकार भित्र रहेर सुझाव दिएको उल्लेख गर्दै उनले दिएका सुझावहरूमाथि भ्रम छर्ने प्रयास भएको गुनासो गरे ।
प्रतिनिधिसभाबाट बिहीवार नागरिकता विधेयक पुनः बहुमतले पारित भएको छ ।बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो ।
सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया