बलेवा सेवा समाज जापानको छैठौ अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रिजाल चयन

जापान । बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल बिमल चयन हुनुभएको छ । समाजको छैठौ अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा बिकास केसि, उपाध्यक्ष सुरेन्द्र पौडेल, एल पि शर्मा, सिता चापागाई, महिला उपाध्यक्षमा शान्ति केसि बस्नेत, महासचिवमा अर्जुन लामिछाने, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष महेन्द्र ढकाल र सह कोषाध्यक्षदिपेन्द्र गिरि र प्रवक्तामा गोविन्द्र पौडेल रहनुभएको छ ।
अधिवेशनले राजिव केसि, दिपेन्द्र रिजाल, रामु पौडेल, मिलन पौडेल, किस्मत पाठक, मनोज पाठक, यम प्रसाद पौडेल, दिपक पौडेल, सोनालि परियार, विष्णु पाठक पौडेललाई सदस्यमा चयन गरेको छ ।
समाजको सल्लाहकारमा दिप पाठक, राम चापागाई, शेषकान्त रिजाल, दयाराम सुवेदी, बलराम भट्ट, नवराज चापागाई साथै संरक्षकमा महेन्द्र पिसि, सेवक पिसि, राजु केसि, राज पौडेल र सुर्य लामिछाने रहनुभएको छ । अधिवेशनमा महासचिव विमल रिजालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एल पि शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा संरक्षक सुर्य लामिछाने, महेन्द्र पिसि, सेवक पिसि, राजु केसी र अन्तराष्ट्रीय साहित्य समाजका केन्द्रिय सदस्य दिप पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम राज पौडेलको अध्यक्षता, बिमल रिजालको सञ्चालन र अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: