राष्ट्रिय युवा संघ नेपाल ले थालनी गरेको काठमाडौं माहानगर सरसफाई अभियानलाई प्रोत्साहन गर्न बिभिन्न सरसफाईका साधन संगै आवस्यक औजारको लागि ओएनएफ कान्तो कमिटिको एक नजर:

जापान: ओएनएफ जापान,कान्तो कमिटिको बिशेष बैठक राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ। बैठकमा राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलले माहानगर मा सरसफाई अभियानको १० औं दिन सम्मको सरसफाई अभियान र देशको राजनितिक परिस्थिति समेट्दै, नव निर्वाचित कान्तो कमिटिलाई शुभकामना दिनु भएको सचिव मनोज श्रेष्ठले जानकारी गराए।
माहानगरमा लामो समय देखि फोहरको ब्यवस्थापन नहुदा बर्खा र गर्मि मौसमका कारण माहामारी फैलने सम्भावना देखिन्थ्यो , तर राष्ट्रिय युवा संघ नेपालले त्यो अवस्था सम्म पुग्न नदिन एक एतिहासिक कार्य थालनि गर्यो। यस्तो कामलाई प्रवासवाट पनि निकै चासो र महत्वका साथ हेर्दै फोहर ब्यवस्थापन गर्दा सरसफाईका सामाग्री तथा औजार खरिद गर्न सदज होस् भन्ने मनसायले ओएनएफ कान्तो कमिटिले हाल लाई रु६०,००० सहयोग गर्न लागेको उपसचिब संजय गिरी ले हामिलाई बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: