नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २४ तारिख टोक्योमा प्रदर्शन हुने

जापान । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २४ तारिख जापानको राजधानी टोक्योमा प्रदर्शन हुने भएको छ । दाजुभाई इन्टरटेनमेन्टले ‘प्रेम गीत ३’ को सेप्टेम्वर २४ तारिख टोक्योको मेगूरो कुमिन सेन्टरमा प्रदर्शन गर्न लागेको हो ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानभर रिलिज हुने क्रममा टोक्योमा सेप्टेम्वर २४ तारिख प्रदर्शन गनै लागेको मनोज श्रेष्ठले बताउनुभयो ।
चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएता पनि जापानमा भने सेप्टेम्बर २४ बाट मात्र प्रदर्शनींमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनु भयो ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रको जापान अफिसियल डिष्ट्रिब्यूटर सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापानले ईभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रा लिले ब्यवस्थापन गरेको छ ।

जापानको शिजुओकामा सेप्टेम्वर २५, ओकिनावामा सेप्टेम्वर २८ तारिख शो हुने भएको छ । प्रेम गीत ३ को जापान शो जापानको १३ शहरमा फिक्स भए पनि २ दर्जनभन्दा बढी शहरमा प्रदशनी गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया