काठमाडौँ । काठमाडौँको फोहोर विसर्जनमा अवरोध नगर्ने सहमति स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच भएको छ ।
काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा चार बुँदे सहमति भएको हो । पाँच घण्टा चलेको बैठकमा भएको ४ बुँदे सहमति भएको हो ।
सहमतिका बुदाहरू
१. फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने छैनन भने महानगरपालिकाले सात दिनभित्र लिचड नचुहिने व्यवस्था गरेपछि मात्र काठमाडौं महानगरपालिकाले फोहोर पठाउन पाउने छ ।
२. सडकमा धूलो नियन्त्रण निम्ति नियमित पानी छर्किने र त्यसका लागि पानी ट्यांकरको व्यवस्था गरिने छ । ल्याण्डफिल साइटमा दुर्गन्ध फैलिन नदिन नियमित औषधि छर्किने पनि सहमति भएको छ । यी दुवै कामको जिम्मा पनि काठमाडौं महानगरपालिकालाई दिइएको छ ।
३. काठमाडौँ महानगरपालिकाले प्रत्येक तीन दिनमा फोहोर थुपारेको ठाउँलाई माथिबाट माटोले छोप्नु पर्नेछ ।
४. स्थानीय बासिन्दासँग गरिएका पुराना सम्झौता कार्यान्वयनका लागि पहल गर्ने सहमति पनि भएको छ ।
वार्तामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा केही स्थानीयहरू सहभागी थिए । बञ्चरेडाँडा संघर्ष समितिका प्रतिनिधिहरूलाई भने वार्तामा सामेल गराइएको थिएन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया