एनआरएनए जापानको विवाद एक बर्षपछि अन्त्य नयाँ कार्यसमिति गठन, पौडेल अध्यक्ष र गुरूङ संरक्षक : भट्टबाट कार्यसमितिलाई सपथ ग्रहण हुने

जापान : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जापानको विवाद करिव एक बर्षपछि मिलेको छ । गत बर्ष जुलाई ३० तारिक सम्पन्न निर्वाचनलाई रद्द गरेर फेरी जुलाई २९ मा फर्केर नया कार्यसमिती बनाउनेमा सहमती भएको निबर्तमान कार्यकारी अध्यक्ष अनिता गुरुङले बताईन । उनले एनआरएनएका केन्द्रिय ३ नै जना अध्यक्षहरु , उपाध्यक्षहरु , दुवै महासचिव हरु र अन्य केन्द्रिय पदाधिकरीहरु र अभियन्ताहरु तथा बर्तमान अध्यक्ष मण्डल लगाएतका पदाधिकारीहरु बसेर विवादलाई सहमतिमा लेगिएको बताईन ।
एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समितिलाई निबर्तमान कार्यकारी अध्यक्ष अनिता गुरुङ नेतृत्वको पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन गरेको भन्दै भएको विवादको लाई ३० जुलाई को निर्बाचन लाई सुन्य गरि २०२१ जुलाई २९ तारिख मा फर्किने र जुलालई २९ को अवस्था लाई को नया कार्यसमिति गठन गर्ने कुरा मा सहमति भए पछि बिबाद अन्त्य भएको छ ।

विभिन्न चरणमा भएका द्वीपक्षीय वार्तापछि मंगलबार अनलाईन जुममा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य, रबिना थापा, बद्रि केसीसहित महासचिव गौरी जोशी र टोकियोमा रहेका संरक्षक भवन भट्ट,उपाध्यक्ष महेश श्रेष्ठ,उपमहासचिव ओम गुरूङ क्षेत्रीय संयोजक डिपी कंडेल, उपसंयोजक ददिवल खड्का एनआरएनएका अभियन्ता सालिकराम भन्डारी, बिजय थकाली एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल महासचिव सिद्धार्थ श्रेष्ठ एनआरएनएका अभियन्ता अधिवक्ता डा.बलराम श्रेष्ठ,निबर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरूङ, सरोज खत्री, बुद्धि घिमिरे लगाएतको सहमतिबाट असन्तुष्ट पक्षकी नेतृ अनिता गुरूङलाई संरक्षक र अन्य अध्यक्षका प्रत्याशीहरूलाई चाहना राखेमा सल्लाहकारमा ल्याउने र अन्य असन्तुष्ट उम्मेदवारलाई विभिन्न पद र विभागमा समेट्ने गरि भएको सहमतिले विवादको अन्त्य भएको दुवै पक्षले बताएको छ । मंगलबार भएको ५ बुदे सहमति अनुसार एनआरएनए जापानका आगामी कार्यकालको निर्वाचन सुव्यवस्थित गर्नको लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्ने, शिवप्रसाद पौडेलको अध्यक्षता मा कार्यसमिति गठन गर्ने र अनिता गुरुङलाई संरक्षक बनाउने, निष्पक्ष निर्वाचनको बिश्वसनीयता र सर्वस्वीकार्य हुने गरि सदस्यता बनाउने, MIS system को बिश्वासनीयता सुनिश्चित गर्ने, संघको खाता बाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने, विभिन्न बिभागलाई पूर्णता दिनको लागि उपमहासचिव ओम गुरूङको संयोजकत्वमा शिबप्रसाद पौडेल र अनिता गुरूङ सदस्य रहने गरि तीन सदस्य उपसमिति गठन गरि सो समितिको सिफारिसमा नव गठित कार्यसमितिलाई सेप्टेम्बर १५ सम्ममा एनआरएनएका संरक्षक भवन भट्टले सपथ ग्रहण गराउने पनि सहमति भएको छ ।


तत्कालीन अध्यक्ष मण्डलमा उजुरी गरेपछि राजन प्रधानाङ्गको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो ।
सो समितिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको प्रतिवेदन दिएको थियो ।निर्वाचन समीक्षा समितिले २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरिएको थियो । गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै २९ जना उम्मेवदारहरुले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको र धाधली भएको भनि उजुरी दिएका थिए । उजुरी गर्ने उम्मेदवारहरुमा डा.बलराम श्रेष्ठ, अनिता गुरुंग,रामहरी पुडासैनी, नरेन्द्र कुमार बस्नेत,किरण बर्मा,सरोज खत्री, छत्र दाहाल, बिष्णु प्रसाद घिमिरे, जिबन कुमार गुरुङ, बालकृष्ण कंडेल हिमाल, बिकाश बस्नेत, टिकाराम कंडेल र बुद्दीराज घिमिरे,कालिका थापा, टिकाराम खरेल, कृष्ण प्रसाद खनाल , सचिन श्रेष्ठ, राजेश खनाल, राम प्रसाद शर्मा धनपति (रामु ढकाल ),राजु पनेरु,सुरेश सापकोटा (सुनिल), राम बहादुर खत्री (अर्जुन केसी),फडिन्द्र पहाडी, रामु कंडेल,थम बहादुर क्षेत्री, कृष्ण बहादुर थापा, तारा बहादुर कार्की, बिनय गुरुङ र मन्जु गिरी रहेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया