प्रचण्ड जापान बाट नेपाल फर्केकै हप्ता नेकपा माओवादी केन्द्र परित्याग गरि जापानमा नेकपा एमालेमा प्रवेश गर्ने को लर्को: नासिर मियाको नेतृत्वमा १९ सदस्सिय कमिटि गठन।


जापान: नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च जापानको हाल छ क्षेत्रिय कमिटिहरु बिधमान रहेका छन्। यहि सेप्टेम्वर ४ तारिक राष्ट्रिय कमिटिको अधिवेसन हुदैछ। गत हप्ता कान्तो कमिटिको अधिवेसन नेकपा एमाले पोलिट ब्यूरो सदस्य, प्रमुख सचेतन माननिय बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा बुद्धि राज घिमिरेको नेतृत्वमा १९ सदस्सिय कमिटि गठन गरेको थियो। सोहि समय बिभिन्न पाटि परित्याग गरि एमाले प्रवेश गर्ने योजना हुदा हुदै पनि समयको अभावले हुन नसकिएको बताईए पनि आज गुम्मा क्षेत्रको पहिलो अधिवेसनमा गणेश अधिकारी लगायत नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको हो। नव प्रबेशी हरुलाई प्रमुख अतिथि सुरेश केसीले स्वागत गर्नु भयो।

आज सम्पन्न गुन्मा क्षेत्रिय कमिटिको पहिलो अधिवेसन मा तपसिल बमोजिम सर्वसम्मत कार्यसमिति चयन गरेको छ।जसमा:
अध्यक्ष-नासिर मिया
उपाध्यक्ष-सुमन राज डल्लाकोटी
सचिव-चन्द्र बहादुर नेपाली
उपसचिव-ममता बिक
उपसचिव-दिपेन्द्र गौतम
सदस्यहरु:-
सूर्य शर्मा
खामिर हिट गुरुङग
दिपक काजि थापा
गणेश अर्याल
अजया सुवेदी
बुद्धि गुरुङग
प्रेम प्रसाद आचार्य
शिशिर तमाङग
श्याम थापा
कमल बिक
सिजन भुषाल
बिराज सुनार
उज्वल लुईटेल
सैलेन थापा

सागर भुषालको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय कमिटि अध्यक्षको प्रमुख आतिथ्यता , संगठन बिभाग प्रमुख कुल चन्द्र खरेल बिशेष अतिथि संगै अन्य अतिथिहरुमा कान्तो कमिटि अध्यक्ष बुद्घि राज घिमिरे, राष्ट्रिय कमिटि सदस्य अर्जुन आचार्य र बुद्धि लामा गोले संगै नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचन,एनआरएनए गुम्मा पुर्व उपाध्यक्ष कृष्ण बहादुर पाण्डे,कान्तो कमिटि पुर्व सदस्य परशु राम भुषाल ले कार्यक्रममा शुभकामना मनतव्य दिनु भएको थियो।

कार्यक्रममा धुब्र दाहालको स्वागत मनतव्य संगै चन्द्र बहादुर नेपालीले समन्वय गर्नु भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया