नेपाली विद्यार्थीको जापानमा बढ्दो केहि सम्बेदनशील बिषयहरु:नरेन्द्र बस्नेत

जापान:नेपाली विद्यार्थीको जापानमा बढ्दो केहि सम्बेदनशील बिषयहरु लाई जोड दिदै नरेन्द्र बस्नेत लेख्नुहुन्छ:
१) ६ महिनाको भिसा पाएको तर नेपालमै एक बर्षको फि तिरेर भाषा अध्ययनको लागि आएका भाइबैनि हरु आएको ३ महिना बितिसक्दा पनि कतिपयले काम नपाएको स्थिती छ।यो तनाबको बिच अर्को भिसा थप्ने बेला हुदै गर्दा भाषा कलेजले
अर्को एक बर्षको शुल्क अग्रिम भुक्तानि नगरेमा भिसा नथपिदिने र नेपाल फर्काउने मानशिक तनाब दिन थालेको कुराहरु बाहिरिन थालेको कुराले दुखित तुल्याएको छ।यो बिषयमा बिशेषत:विद्यार्थी हरु आएका सम्बन्धित कन्सल्टेन्सी हरुले पनि सहजिकरणको भूमिका निभाइदिनु पर्ने आवश्यकता देख्छु।
सुन्दै क्रोधित गराउने तर जापानको ब्यक्तिगत बिवरण (कोजिन ज्योहोउ)लगायतको कुराले चाहदा चाहदै पनि इन्टरफेअर गर्न नसकिरहेको अवस्थाको कतिपय घटना
१) कतिपय गाक्कोले झन्डै ५,६ स्टेसनको फरकमा होस्टल राख्ने जस्को आर्थिक भार प्रत्यक्ष विद्यार्थी लाई पर्नुको लगायत समयको पनि नोक्सानी भएको बुझिन्छ।
२) कलेजले खोजिदिएका बस्ने कोठाका केहि प्राबिधिक पक्ष हरुलाई आत्मसाथ गर्दै भन्दा समग्रमा ५०,६० हज्जार पर्ने कोठामा ४ जना राखि प्रती ब्यक्ती २५,३० हज्जार् एउटा कोठाको झन्डै १ लाख असुल गर्ने त्यतिले नपुगेर पानिको बिल पनि प्रती ब्यक्ति २५००, ३००० दरले असुल गर्ने।
यि र यस्ता खालको सम्बेदनशील बिषय हरुको निराकरणको उचित सम्बोधन हुने परिस्थिती नआएमा यसले बिकराल रुप नलेला भन्न सकिन्न।
नेपाल बाट विद्यार्थी पठाउने कन्सल्टेन्सी हरुले पनि यो बिषयलाई सन्बेदनशिल भएर कदम चाल्न जरुरि देखिन्छ भने राजादुताबासको तदारुक र् सकारात्मक सहयोग रहेमा पनि धेरै हद सम्म निराकरणको सम्भाबना रहन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया