टोकियो: गैरआवसिय नेपाली संघ जापानको २१/२३ को कार्यकाल बिवादस्पद छ। २०२१ को जुलाई ३० तारिक भएको निर्वाचनमा प्रबिधिको दुरुपयोग गरि एकलौटी रुपमा नतिजा सार्वजनिक गरियो भन्ने आरोप संगै उडिसा र अन्य क्षेत्रबाट हजारौ मत दुरुपयोग गरिएको ,हजारौ मतदाताको ब्यक्तिगत बिवरण पनि दुरुपयोग गरियो भन्ने छानविन समितिको प्रतिवेदनमा प्रष्टनै छ।छानविनको लागि समिति बन्यो र निर्वाचन धादलि भएको रिपोट आयो। परराष्ट , आईसिसि , ओनसेन बैठक र संघ सस्थाका अध्यक्ष को बैठक हरुमा पनि धादली भएको निस्कर्ष निकालियो र असन्तुस्टको पक्षमा सबै फैसलाहरु भए ,तर कुनै पनि निर्णय हरु कार्यन्वयन भएनन्। अझै पनि जापानमा दुई एनआरएनए छन् तर घले पक्षको एनआरएनए भने गठन भएको देखिदैन।
एनआरएनए जापानमा अव आगामी कार्यकालको लागि बिषय र छलफल संगै चर्चा हुन थालिसकेको छ। बजारमा आईसिसि सदस्य दिपक केसी र शिव प्रसाद पौडेलको टिमका बरिष्ठ उपाध्यक्ष नविन न्युरेको चर्चा चल्न थालेको छ। जो जसको उमेदवरी परे पनि २३/२५ को लागि नविन र दिपक बिच कडा प्रतिसपर्धा हुने छन्। यस पल्ट भने प्रत्यक्ष मतदान हुने लक्षण छ किनकी १,२,३,४ र उडिसा काण्डले जापानवासी नेपालीलाई बिवादमा मात्र हैन बिस्व जगतमा अनुहार देखाउन पनि लाज भै सकेको छ।
उडिसाको तर्फबाट उमेदवारी २ जनाको पर्न सक्ने छ,तर नाटकिय रुपमा एकले अर्को लाई छोडेर एकल उमेदवारी पर्ने छ।
नेपाल फेस्टिवल भर्खरै सकिएको छ, फेस्टिवल सफल गर्न नविन न्यूरेको भिजन र योगदानको चर्चा कमिटि भित्र र बाहिर निकै छ, जसको कारण पनि आगामि नेतृत्वको लागि उनिलाई सहज हुने देखिन्छ। दिपक केसी पनि कमजोर भने छैनन तर उडिसा संग के कस्तो समन्वय गर्न सक्छन् त्यसमा भर पर्न सक्नेछ।
अर्को पक्ष अनिता गुरुङगको टिम पनि कमजोर छैन , २१/२३ मा अन्याहमा पर्दा पनि न्याय नपाएको ले आगामि २३/२५ कार्यकाल अनिता टिमले सपोट गरेको ब्यक्तिले नेतृत्व हात पार्ने संभावना देखिन्छ। गुरुङग टिम चाहन्छ यो २१/२३ को एनआरएनए जापानको कार्यकाल कालो कार्यकालको रुपमा परिणत होस् र घोषणा गरियोस्।
अहिलेको अवस्था लाई मुल्याङकन गर्ने हो भने नविन, दिपक र उडिसा संगै अनिता पक्ष गरि चार ब्यक्तिको उमेदवारी यसपल्टको चर्चामा देखिन्छ।तर यसपल्ट भने मतदातालेनै आफुले चाहेको ब्यक्ति चुन्न सक्छन् त? यो बिषय प्रमुख चुनौति अवस्य हुने छ। आईसिसि मा भने डा. बद्रि केसी र महेश श्रेष्ठको उमेदवारी संगै कडा प्रतिस्पर्धा हुने अहिलेको परिस्थितिले देखाउछ।
फेसबुकबाट तपाइको प्रतिक्रिया