टोकियो । प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको पाँचौ अधिवेशन प्रतिनिधी सभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । आइतवार अगष्ट ७ तारिख टोक्योमा प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले पॅाचौ अधिवेशन भएको हो ।
अधिवेशनबाट बर्तमान कार्यसमितिका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा १९ सदस्यीय प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटि बनेको छ । जसको उपाध्यक्षमा विष्णु सापकोटा, सचिवमा मनोज श्रेष्ठ, उपसचिवहरुमा विनोद कार्की, सन्जिव गिरी चयन भएका छन् ।
सदस्यहरू बासुदेव पन्त, मोतिराम भण्डारी, हरी गेलाल, सन्तोष अधिकारी, विनोद खड्का, महेन्द्र केसी, अर्जुन बन्जाडे, कमल पाण्डे, प्रिपेड केवल राई, विज्ञान पौडेल, विपिन श्रेष्ठ , ज्ञानेन्द्र केसी, जगन्नाथ अर्याल, सुरेन्द्र गिरी, नहकुल खड्का चयन भएका छन् ।
प्रवासी नेपाली मञ्च जापानले आफ्ना मातहतमा रहेका क्षेत्रिय कमिटिहरुको अधिवेसन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिरहेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नु भएका थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया