जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा.बिशाल भट्टराई ले आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ।


नागोया:जापानको बिभिन्न कार्यक्रममा सहभागि हुन आउनु भएका मा बिशाल भट्टराई आज कम्पोष्ट मल कारखाना अवलोकन गर्नु भएको छ।

जापानको गिफु प्रिफेक्चरको ग्रामीण भेगमा ५७ वर्षदेखि उत्पादन गर्दै आएको कम्पोष्ट मलको कारखाना अवलोकन गर्दै, Applied Natural Products Co. Ltd. नामबाट उत्पादन हुने मल जापानमा अत्यधिक खपत हुने साथै जुनसुकै बनस्पति, झारपात, खासप्रकारको माटो, कुहिने फोहोर आदि बस्तुहरु प्रयोग हुने यो मल उच्च गुणस्तरीय लागेको भन्ने बताउनु भयो।

यो हेर्दा दिक्तेल रुम नपाको तत्कालीन नेतृत्वले दिक्तेल स्वल्मामा स्थापना गरेको सानो तर यस्तै प्लान्टको झलझली सम्झना आयको बताउदै हामीले पनि गर्न नखोजेको त कहाँ हो र भन्नु हुन्छ माननिय भट्टराई।

मा.बिशाल भट्टराईले यस्तो महत्वपूर्ण अवसर जुटाउनु हुने प्रवासी नेपाली मन्च पूर्वी एसिया महादेश कमिटी अध्यक्ष डा . सरोज कडेललाइ धेरै धेरै धन्यवाद दिनु भएको छ। कारखाना घुमाउनु , कम्पनीका बारेमा जानकारी दिनु र बिहानको खानाका लागि समेत समय उपलब्ध गराउनुभएकोमा CEO Hiroyasu Hotta र Manager Hidenori Shirai प्रति आभार ब्यक्त गर्दछु भन्नु भएको छ।
साथमा सहभागी जापान राष्ट्रिय कमिटी सदस्य अर्जुन केसी, नागोया क्षेत्रीय कमिटीका अध्यक्ष कृष्ण भुसाल लगायत उपाध्यक्ष नरेश राइ, सहसचिव इश्वर थापा, सद्स्यहरु बिशाल क्षेत्री लगायत का साथीहरुलाइ पनि धेरै धेरै धन्यवाद दिनु भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया