माननिय बिशाल भट्टराईको नागोयामा बिशेष स्वागत गरियो:


टोकियो:प्रवासी नेपाली मञ्च जापान,कान्तोको ५ औं अधिवेशन को लागि जापान बुधवार आईपुग्नु भएका नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक मा. विशाल भट्टराई शुक्रबार नागोया मा आयोजना हुने कार्यक्रमलाई सम्वोधन गर्न नागोया आईपुग्नु भएको नागोया कमिटि अध्यक्ष कृष्ण भुषालले जानकारी दिए। नागोयामा रहनुहुने खोटाङगवासी नेपाली लाई बिहिबारनै एक कार्यक्रम बिच भेटघाट गर्ने कार्यक्रम रहेको छ।ओएनएफ पुर्वि एशिया अध्यक्ष डा. सरोज कडेंल लगायत थुप्रै कार्यकर्ता तथा सुभचिन्तकले नागोया स्टेशनमा माननिय भट्टराई लाई भव्य स्वागत गर्नु भयो।त्यहा रहदा टोयोटा लगायत अन्य स्थानको स्थलगत भ्रमण हुने र बिशेष ब्यक्तित्व संग बैठक तथा भेटघाट हुने डा. सरोज कडेंलले जानकारी दिनुभयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया