नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक मा. विशाल भट्टराई जापान स्थित नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण : भव्य स्वागत गरियो।

टोकियो:प्रवासी नेपाली मञ्च जापान,कान्तोको ५ औं अधिवेशन र अन्य कार्यक्रमहरूको शिलशिलामा नेपाल एयर लाईन्सको जहाजबाट जापान आउनु भएका नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक मा. विशाल भट्टराई जापान स्थित नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरि सक्नु भएको छ ।

उहाँलाई बिमानस्थलमा प्रवासी नेपाली मन्च जापानका सङठन बिभाग प्रमूख कुलचन्द्र खरेल, साथै प्रवासी नेपाली मन्चका सम्न्वय बिभाग प्रमूख अर्जुन अधिकारी ,कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरे ,सचिव मनोज श्रेष्ठ, सदस्यहरु बासुदेव पन्त,संजिव गिरी, कृष्ण थापा ,मोति राम भण्डारी सहितले स्वागत गर्नु भएको थियो। ओएनएफ कान्तो कमिटिले यहि ७ तारिक कामाता हलमा पांचौ अधिवेसन आवागन गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया