सल्यानको टाट्के चौरमा एनआरएनए अमेरिकाले बनाएको प्रसुति गृह हस्तान्तरण, विकट बस्तीमा सहयोग गर्न पाउदा खुसी छु : कृष्णजिबि पन्थ

सल्यान । सल्यान जिल्लाको कुमाख गाउपालिका वडा नं.१ टाट्के चौरमा गैह्र आवासीय नेपाली संघ अमेरिकाले बनाएको प्रसुति गृह बुधबार एक कार्यक्रम गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ। एनआरएनए अमेरिकाको प्रमुख आर्थिक सहयोग एवम् मानवविकास तथा सामुदायिक सेवा चौरजाहरी अस्पताल र कुमाख गाउँपालिकाको समन्वयमा बनेको हो। वरिष्ठ उपाध्यक्ष कृष्णजिबि पन्थले दुर्गम बस्तीमा स्थापित प्रसुति गृहले हजारौँ स्थानीय बासीलाई राहत पुग्ने र यसको संरक्षण गर्न आगामी दिनमा स्थानीय बासीले सहयोग गर्नुपर्न बताउनु भयो ।आफ्नो देशका दुर्गम क्षेत्रमा सहयोग गर्न पाउदा खुशी लागेको हस्तान्तरणपछि उहाँले प्रतिक्रिया दिनु भयो ।

करिब ३५ लाख लागतमा बनाएको प्रसुति गृहको गैह्र आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृण्णजिवि पन्थले गाउँपालिकाका उपाध्यक्ष लालबहादुर रावतलाई हस्तान्तरण गर्नु भएको हो । सल्यान जिल्लाको विकट कुमाख गाउँपालिका वडा नं.१ टाट्के दुर्गम गाउँ जहा एउटा प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षित जन्म दिन सक्नेछन्। प्रसुति गृहमा डाँडागाउँ,भितिवनचौर,नुवागाउ,साधनमुढा,भितिवन आसपासका ठाउका सुत्केरीले सेवा लिन पाउनेछन्।

वरिष्ठ उपाध्यक्ष पन्थले प्रत्येक पटक नेपाल आउदा मातृभुमी प्रती कर्तब्य बोध गर्ने अभियानको क्रममा यसपाली गैरआवासीय नेपाली संघ,अमेरिकाको सहयोग एवं पन्थको सकृयता र समन्वयमा सल्यानमा बन्दै गरेको प्रसुती गृहको भवन हस्तान्तरण भएको हो ।
गर्न

फेसबुकबाट तपाइको प्रतिक्रिया