
जापान:प्रवासी नेपाली मञ्ज जापान कान्तो कमिटिले यहि २०२२ अगष्टको ७ तारिक कामाता हलमा पाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको छ।
नेकपा (एमाले) पोलिट ब्युरो सदस्य तथा प्रतिनिधी सभाका माननीय सदस्य एवं प्रमुख सचेतक बिशाल भट्टराई को प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना हुने बताईएको छ।
आसन्न अधिवेसन सफल गर्न प्रवासमा क्रियासिल सामाजिक सॅघ संस्था, साहित्यिक समाज,श्रमजीवी,न्याय प्रेमी बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च जापान संग आबद्ध सबैजना लाई सहयोगको लागि अपिल गरिएको अध्यक्ष बुद्धि राज घिमिरेले जानकारी दिए।
कमिटीले छोटो समयमा आयोजना गरेका कार्यक्रमहरु जस्तै: महिला लाई लक्षित गर्दै “तीज टिकटक प्रतियोगिता २०२२ “,स्थानिय निर्वाचनमा सूर्य ॲकित “७ हजार ७ सय झण्डा हस्तान्तरण “ र “सात सूर्य सात छाप टिकटक प्रतियोगिता २०२२ “र सयौ सूर्य ॲकित टिसट हस्तान्तरण अभियान जस्ता जनमुखि कार्यक्रमहरु पाटि लगाएत सुभचिन्तक तथा कार्यकर्ता पंङतीका लागि सधै स्मरणिय रहने छन्।
आसन्न अधिवेसमका लागि सचिबालयले निम्न उपसमिति बनाई जिम्मेवारी दिएको छ, तत्कालका लागी ५ उपसमितिहरु गठन गरी निम्न ब्यक्तिको नेतृत्वमा ज़िम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।सम्बन्धित उपसमितिका संजोयक हरुले आवश्यकता अनुसार सदस्य थप्न सक्ने निर्णयमा उल्लेख गरेको छ।
क. हल ब्यवस्थापन उप समिति :-संजोयक वासुदेव पन्थ ।
ख. अतिथि सत्कार उप समिति:-बिष्णु सापकोटा।
ग. सांस्कृतिक तथा अतिरिक्त उपसमिति:-मोती राम भण्डारी ।
घ. स्वयं सेवक उपसमिति:-संजीब गिरी
ङ. आर्थिक श्रोत उपसमिति:-मनोज श्रेष्ठ
आसन्न अधिवेसन सम्वन्धी अन्य जानकारी आगामी सचिवालयको बैठकले गर्ने सचिव मनोज श्रेष्ठले बताए।
फेसबुकबाट तपाइको प्रतिक्रिया