जापान:कोरोना कहर पछिको लामो समयमा जापान प्रबेश खुले सँगै बिदेशिहरुको प्रबेश बढ्न थालेको जापानमा यो पटक नेपाली विद्यार्थी हरु पनि अत्यधिक मात्रामा प्रबेश गरेको पाइएको छ।
भाषागत कठिनाइ लगायतको कारणले यो पटक धेरै तिर काम नपाएको गुनासो हरु सुन्न थालिएको छ। यो परिस्थिती लाइ मध्यनजर गर्दै केहि संस्थाहरु जापानको नियम कानुन लगायतको कुरा सिकाउने निउमा सलवलाउन थालेका छन। कारण के रहेछ भनेर केहि ब्यक्ति तथा बिधार्थीको धारणा बुझ्न थाल्यौ। नया बिधार्थीलाई स्वागत गर्ने बाहानामा बटुलेर काम को बारेमा जानकारी दिदै र केहि जापानी नियमहरु सिकाईयो रे , तर पहिला तपाई सिकाउने वाला त लिगल रुपमा जापान बस्नु भएको हो? तपाईले जापानमा कुनै नेपाली लाई ठग्नु त भएको छैन ? छैन भने त ठिकै पनि छ। बिधार्थीको अगाडी ति ताति खादावाले र खादावाली बरु के को लागि मन्च अगाडि प्रदशन गरिएको हो? तिनिहरुले समाजमा गरेका एउटा मात्र राम्रो काम केहि छ?अव प्रश्न गरौ! साथै ति खादावाले र वाली लाई नया बिर्धार्थी संग किन परिचय हुनु पर्ने? बिधार्थीको उदेश्य सम्वन्धित देशका संघ संस्थाका ब्यक्तिलाई भेट्नु पर्ने बाध्यता पनि हो र? असंवन्धित ब्यक्ति कसैले माग्दैमा आफ्नो ब्यक्तिगत बिवरण नदिन बिधार्थीहरु आफै सचेत हुनु पर्छ।
नया बिधार्थीको नाम, संपर्क नम्वर , ठेगना र मेल आईडी किन चाहियो संघ संस्था का आयोजक लाई? बिधालय र अध्यागमन संगै काम गर्ने ठाउमा त स्वभाविकै होला तर संघ संस्थाको नाम मा किन बुझाउनु पर्ने ब्यक्तिगत बिवरण?
नया आगमन हुने लाई हामी यहाका मालिक हौ भनेर परिचय गर्न गरिएको जस्तो लाग्यो।संध संस्थाले आफ्नो सस्थाको सदस्य बनाउने र अधिनेसनको समयमा प्रयोग गर्नको लागि त हैन भन्ने गुनासाहरु नआएका होईनन, यदि हैन भने भ्र्म कसरी चिर्ने त? त्यस कार्यक्रमबाट को कसले फाईदा लिएत? यस सम्वन्धि रिपोट अर्को ॲकमा जानकारी गरिने प्रयास गर्ने छौ।
फेसबुकबाट तपाइको प्रतिक्रिया