काठमाडौँ । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।
३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको स्थानीय बासीन्दा बताउँछन् । बिहान १० बजेदेखि निरन्तर पाइपबाट ग्यासको मुस्लो निस्किरहेको बताइएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया