ONF कान्तो कमिटिको अधिवेसन अगस्ट ७ मा आयोजना हुने: बुद्धि राज घिमिरेको नेतृत्वमा रहेको बर्तमान कमिटिलाई अधिवेसन आयोजक कमिटिमा रुपान्तरण।

जापान: प्रवासी नेपाली मञ्ज जापान कान्तो कमिटिले यहि २०२२ अगष्टको ७ तारिक कान्तो कमिटिको पॅाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको छ। केहि दिन अगाडि बसेको कार्यसमितिको बैठकले बर्तमान कार्यसमितिलाई अध्यक्ष बुद्धि राज घिमिरेकै अध्यक्षतामा सचिव मनोज श्रेष्ठ नै रहने गरी अधिवेसन आयोजक कमिटिमा कार्यसमितिलाई रुपान्तरण गरेको छ।

प्रवासी नेपाली मञ्च जापानले आफ्ना मातहतमा रहेका क्षेत्रिय कमिटिहरुको अधिवेसन सम्पन्न गर्दै नया नेतृत्व पाई सकेको बताएको छ।

आसन्न अधिवेसन सफल गर्न प्रवासमा क्रियासिल सामाजिक सॅघ संस्था, साहित्यिक समाज,श्रमजीवी,न्याय प्रेमी बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च जापान संग आबद्ध सबैजना लाई सहयोगको लागि अपिल गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए।

आफ्नो कार्यकालमा तिज टिकटक नृत्य प्रतियेगिता,७ हजार ७ सय सूर्य ॲकित झण्डा पाटिलाई हस्तान्तरण अभियान र सात सूर्य सात छाप अभियानको टिकटक प्रतियोगिता यो कार्यसमितिको एतिहासिक कार्यको रुपमा जनमानस देखि पाटि पंङतीले पनि बिर्षन नसक्ने श्रेष्ठको दावी छ।
आसन्न अधिवेसनको स्थान र समय साथै अधिवेसन तयारी सम्वन्धी अन्य जानकारी आगामी सचिवालयको बैठकले गर्ने सचिव श्रेष्ठले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया