
काठमाडौँ । नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८० हजार ५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ५ सय ८ रहेको छ । मन्त्रालयका अनुसार आज २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ५ सय ९८ जना रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया