एन आए एन ए जापान मा कार्यसमिति को पुनर्गठन संगै १०० एन मा एनआरएनए सदस्य बन्न सकिने: साथै नव प्रवेशी बिधार्थीको लागि “काममा सहजीकरण सप्ताहिक अभियान”प्रारंभ गरिने:

जापान। २०२१ को जुलाई ३० तारिख मा गरिएको एन आए एन जापान को धादली र उडिसा काण्ड लाई मान्यता नदिने गरि एन आर एन जापान को कार्यसमिति बाट अनिता गुरुङ को अध्यक्षमा गठित एन आर एन ए जापान ले एन आर एन ए केन्द्रिय समिति समक्ष जापान एन आर एन ए लाइ सबै को एन आर एन महसुश हुने र गर्ने गरि सम्भब प्रयास गर्दै आई रहेको छ ❘यसै परिप्रेक्ष्यमा २००३ साल मा जापान एन आर एन ए को स्थापनको बेलामा लिएको पबित्र उदेस्य लाइ पुनार्जगरण गरि जापानबासि सम्पूर्ण नेपालीहरु लाई एकतामा बाधी नेपाली को लागि नेपाली र एक पटक को नेपाली सधै को लागि नेपाली भन्ने भाबना लाई अझ सुद्रिड गर्दै जाने उदेस्यले २०२१ को तत्कालिन अध्यक्ष कुमार पन्त , संरक्षक शेष घले पुर्ब अध्यक्षहरु डिम हिराचन, भबन भट्ट बर्तमान अध्यक्ष (कुल आचार्य,श्रीमती रबिना थापा र डा.बद्रि केसी )लगायत उपाध्यक्ष (महेश श्रेष्ठ, गोबिन्द श्रेष्ठ,भुषण घिमिरे,महासचिब द्वय केशब पौडेल , गौरी राज जोशी ,उप महा-सचिब ओम गुरुङ, सह कोषाध्यक्ष नारायण सुबेदी लगायत सबै सम्बन्धित केन्द्रिय प्रतिनिधि हरु समक्ष जापानको निर्बाचन धाधली सम्बन्धि कार्य लाइ सच्याएर एउटा स्वस्थ एन आर एन ए जापान बनाउने अभियान मा हामी जाउ भन्ने भाबना लाइ आत्मसाथ गर्दै जाने सहकार्य गर्दै आएको छौ ❘ जापान एन आर एन ए को शाख लाइ पुन सजिबिकरण गर्न र जापानबासी नेपालीको एकता लाई निरन्तरता दिन को लागि भएको ११ महिनाको प्रयास स्वरूप हामीले निम्न अनुसारको कार्यसमिति पधाधिकारी हरुमा पुर्नगठन गर्दै देहाय बमोजिम कार्यक्रमहरु सबै जापानबासि एन आर एन ए अभियन्ता हरुमा जानकारी सहित सहभागिताको लागि हार्दिक अपिल गर्दछौ भनिएको छ❘

१.एन आर एन ए जापान कार्यसमिति को पुनर्गठन निम्न अनुसार भएको छ ❘
संरक्षक तथा चेयरमेन – श्री राजन प्रधानांग
कार्यकारी अध्यक्ष-श्रीमती अनिता गुरुङ
कार्यकारी अध्यक्ष -श्री सरोज कुमार खत्री
कार्यकारी अध्यक्ष-श्री नरेन्द्र बस्नेत
अन्य पदाधिकारी हरुले यथाबध पदमा रहेर काम गर्ने ।

अन्य निर्णयहरु –
२.सम्पूर्ण नेपालीहरुको एकता /भाईचारा / पर्यटन प्रवद्धन , नेपाली कला सस्कृति र बिश्वमा नेपाललाई परिचय गराउने संगै बिकाशको लागि नेपाल फेस्टिवलको आयोजना गरिने ।
३.बुद्द शान्ति पर्यटन तथा नेपाल भ्रमण निमंत्रणा पद यात्रा संचालन गर्ने ।
४..एन आर एन ए जापानमा सबै नेपाली अटाउन सक्ने बनाउन खुला सदस्यता १०० एन मा बन्न सक्ने गरि अक्टुवर को पहिलो हप्ता बाट एनआरएनए सदस्य आवेदन खुला गरिने ।उक्त समय आवेदन दिनुहुने सदस्य लाई आईसिसिको सिस्टममा लगिने छ।
५.क्षेत्रीय समितिहरु विस्तार गर्दै जाने ।
६.जेहेन्दार बिधार्थीको लागि छात्रवृत्तिको कोटा बृद्धि संगै आबश्यक सहयोग प्रदान गर्ने।
७.जापान तथा नेपालमा दुखमा परेको नेपालीको लागि आबश्यक सहयोग उपलब्ध गराउने ।
८. नव प्रवेशी बिधार्थीको लागि छिटो छरितो काम पाउनको लागि सप्ताहिक अभियान चलाउने र आबश्यक सहयोग गरिदिन सम्रपुर्ण महानुभावहरु लाई अपिल गरिने छ, बिशेष गरि क्षेत्रिय समितिहरुले आयोजना गरेका सेमिनारले बिधार्थी बर्गमा थप सहयोग भएको र अन्य क्षेत्रबाट पनि साप्ताहिक अभियान संचालन गर्न अपिल गर्ने।
९. बिदेशमा (जापानमा) रहनु भएका बिभीन्न क्षेत्रका नेपाली बिज्ञहरु (डां ,प्रोफेसर , ब्यापारी र उच्च शीक्षा हासील गर्नु भएका बिध्यार्थीहरु )उहाहरुको अनुभब ,ज्ञान र शीपलाई बिदेशबाटै देशको भलाई र हीतहुने कामको लागी उपयोग हुने गोष्ठी र छलफलका कार्यक्रमहरु गर्ने ।
१०.नेपालमा आर्थिक संकट हुन् नदिन संसार भरि भरिएर रहेका गैर आबासिय नेपाली लाई नेपालमा उधोग धन्दा र ब्य्बबसाय स्थापना र संचालन गर्न र आफुले आर्जन गरेको पुजि आफ्नो देश गाउ शहर मा लगानी गर्न प्रोत्साहन र सहजिकरण कार्यकम गर्ने ।
११.नेपालमा रहेको अथाह प्राकृतिक श्रोत र साधनकोलाई प्रयोग गरि उत्पादनमुलक उधोग मा परिमार्जित गरि बिदेशी मुद्रा आय आर्जन गर्ने सक्ने अधौगीकरण गर्न नेपाल सरकार संग सहकार्य गरि नेपालको आर्थिक क्रान्ति लाई टेवा दिने नबिन आर्थिक उन्नति तिर अग्रसर हुने योजना कार्यान्वयन गर्ने ।
१२.बिदेशी नागरिकता लिएको नेपाली मुलको गैर आबासिय नेपालीहरुको सम्पति सम्बन्धि हक, नेपाल मा पनि बसोबास र आवत जावत गर्ने पाउने हक को निस्चिता गर्ने एन कानुन नियम हरु लाई पररास्ट्र मन्त्रालय एबम राजदुताबास लगायत संम्बन्धित निकाय संग सहज रुपमा सेवा प्रबाह गर्न लगाउन सहजीकरण गर्ने ।
१३. बिदेशमा बसोबास गर्ने नेपाली हरुको जन्म दर्ता, बिबाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,मृत्यु दर्ता,वारेशनाम दर्ता, मंजुरिनामा, लगायत जिबनमा दैनिक रुपमा आई पर्ने कानुनी झन्झट सहज रुपमा सम्बन्धित राजदुताबास तथा काउन्सिलर शाखा बाट हुने र गने मिल्ने नीति निर्देशन निर्माण गर्ने र ताथारुकताका साथ लागु गर्न सक्रिय पहल गर्ने ।
१४.गैर आबासिय नेपालीहरुले नेपालको निर्बाचनमा भाग लिन पाउने हक लाई यथाशिघर्स लागि गराउन पहल गर्ने ।
१५. २०२१ जुलाई ३० तारिक भएको धादली पुर्ण कथित निर्वाचनलाई (अथवा जुलाई ३० तारिक लाई )प्रत्येक बर्ष जापानमा कालो दिनको रुपमा बिरोध गर्ने ।
१६.गैर आबासिय नेपाली लाइ बिदेसमा आर्थिक संकट पर्दा वा बिचल्ली पर्दा नेपाल सरकारले उद्दार गर्ने वा सम्बन्धित देशमा नेपाल सरकारको पहलकदमी गरि उद्दार गर्नु पर्ने नियम हरु बनाउन पहल गर्ने परिषदकी प्रवक्ता सरिता ढकालले जानकारी दिनु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया