काठमाडौँको फोहोर व्यवस्थापन गर्न १ सय ५० जना जनशक्ति थपिए

काठमाडौँ । काठमाडौँ महानगरले फोहोर हटाउनको लागि १ सय ५० जना जनशक्ति थपेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको महानगरले जनाएको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो ।

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ ।
काठमडौमा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा १र १ जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ ।

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया