काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीलाई बिदा गर्दै नयाँ नियुक्त गरेका हुन । जस अनुसार भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।
भौतिक पूर्वाधार मन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई जसपाले फिर्ता बोलाएको थियो ।यसैबिच नवनियुक्त तीन मन्त्रीले आजै सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया