नारिता मा ”1st DIAMOND Cup-2022 ” हुँदै

जापान : चिबाकेनको नारिता सि मा जापानब्यापि “1st DIAMOND Cup-2022 ” फुट्सल प्रतियोगिता हुने भएको छ । “स्वास्थ को लागि खेलकुद,राष्ट्र को लागि खेलकुद “भन्ने सन्देश का साथ August को 7 तारिख् उक्त प्रतियोगिता गर्न लागिएको सँस्था का अध्यक्ष नवीन दीप गुरुङ्ले बताउनु भएको छ ।
जापान मा रहेका संघ सँस्था तथा क्लब हरु लाई पत्राचार् गरिसकिएको र यदि प्राविधिक कारणबस् छुट्नु भएको छ भने यसै सुचना लाई आधार मानि प्रतियोगितामा उपस्थित भैदिन हुन अनुरोध छ ”गुरुङ्ले भने ।
जापान मा रहेका नेपालीहरुबिच भाईचारा मेलमिलाप् र आपसी सद्भाब लाई अझ प्रगाढ बनाउन को लागि पहिलो पटक नारिता मा जापान ब्यापि प्रतियोगिता गराउन लागिएको हो ।
नेपाली कला र संस्कृति को जगेर्णा गर्ने हेतु ले प्रतियोगिता को बिच मा स्थनिय् कलाकार हरु को नृत्य पनि समाबेश गरिएको छ ।
प्रतियोगिता को तयारी तिब्र रुप मा भइरहेको र सबै टिम ले july को 25 तरिख् सम्म मा आफ्नो टिम को दर्ता गर्न सँस्था का महासचिब हिरा थापा मगर ले अनुरोध गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया