
काठमाडौँ । इरानको दक्षिणी क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बस सहर नजिकै भूकम्प गएको थियो ।
होर्मोज्गान प्रान्तका गभर्नर महदी दोस्तीले भूकम्पमा पाँच जनाको मृत्यु भएको र १९ जना घाइते भएको जानकारी दिएका छन् । भूकम्पको केन्द्रबिन्दु मानिएको गाउँ साए खोस्तसँगै आसपासका कतिपय घर र अन्य भौतिक संरचना भत्किएको पनि बताइएको छ ।
होर्मोज्गान प्रान्तमा यसअघि गत वर्षको नोभेम्बरमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको थियो । इरानमा १९९० मा ७ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ४० हजारको मृत्यु भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया