प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेका बताएका छन् ।६४ औँ संसद् दिवसको अवसरमा आज  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पालिका चुनाव स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको दाबी गर्दै अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले देशको हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक चुनावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाललाई विकसित र समुन्नत देशको रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।

प्रधानमन्त्री देउवाले देश दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्वसांसदहरूको अनुभव उपयोगी हुने धारणासमेत राखे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: