
काठमाडौँ । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ७४.९३ अंकले बढेर २ हजार २७ दशमलव ६४ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय २७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेसगैँ कारोवार पनि बढेको हो । विहीबार कारोवारमा आएका सवै उपसुचकहरुमा हरियाली छाएको छ । यो साता आइतबारको उच्च अंकको वृद्धिपछि दुई दिन घटेको बजारमा लगातार दुई दिन वृद्धि देखिएको छ। आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
त्यस्तै, आज हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।
विहीबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागे कम्पनीमा नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत र न्यादी हाइड्रोपावर रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया