भारतमा एकैदिन चौध हजार पाँचसय बढी कोरोना सङ्क्रमित फेला, ३० जनाको मृत्यु

काठमाडौँ । भारतमा एकैदिन १४ हजार ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसंगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

सोही अवधिमा कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म महामारीको कारण पाँच लाख २५ हजार ७७ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित करिब एक लाखनजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया