प्रवाशी नेपाली मन्च, क्यानडाको जुन 25,2022 शनिबार का दिन टोरोन्टोमा नेकपा एमालेका स्थायि कमिटि सदस्य तथा प्रवास इन्चार्ज डा Rajan Bhattarai प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेश्रो रास्ट्रीय अधिबेसनबाट अध्यक्षमा Bishwambhar Ghimire सर्बसम्मत निर्वाचित हुनु भयो

क्यानडा– प्रवासी नेपाली मञ्च क्यानडाको अधिवेशन सम्पन्न भएको छ । क्यानडाको टोरन्टो शहरमा जुन २५ मा सम्पन्न अधिवेशनले मञ्चका निवर्तमान महासचिव विश्वम्भर घिमिरेको अध्यक्षतामा एक महासचिव, ३ उपाध्यक्ष, एक सचिव र ३ जना उपसचिव रहने गरि ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उदघाटन कार्यक्रमपछि शुरु भएको बन्दसत्रले पूर्व महासचिव घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।


अधिवेशनले ६ सदस्य पछि थप्ने गरी टोरन्टो निवासी घिमिरेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।घिमिरे अघिल्लो कार्यसमितिका महासचिव हुन् । अहिलेको कार्यसमिति सचिवमा रमेश धिताल रहेका छन् ।
क्यानडामा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व निवर्तमान अधक्ष्य रमेश थापाले गरेका थिए।

अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा विशेष अतिथिको रुपमा प्रवास अन्तर्राष्ट्रिय सल्लाहकार परिषद अध्यक्ष तथा गैर आवासीय नेपाली संघका आईसीसी सदस्य सन्जय थापा, गैर आवासीय नेपाली संघका केन्द्रीय सचिव चिरन्जीवी घिमिरे, अमेरिका क्षेत्रका ईन्चार्ज ईश्वरी भट्ट, प्रवासी नेपाली मञ्च अमेरिकाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद लामिछाने समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा राजन भट्टराईले प्रवासी नेपाली मञ्च क्यानडाले नेपालमा गरेका अक्सिजन प्लान्ट स्थापना, अस्किजन कन्सन्ट्रेटर, रिकनेक्टङ भिलेज जस्ता कार्यक्रमहरुको प्रशंसा गरे । उनले नेपाल र क्यानडाको समुदायमा काम गर्न तथा प्रवासीहरुका मागको विषयमा गैर आवासीय नेपाली संघसँग मिलेर काम गर्न अनुरोध गरे । ३ दिनको क्यानडा बसाइपछि एमाले नेता भट्टराई अमेरिका हुँदै नेपाल फर्किने छन् ।

यसै गरी गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव चिरन्जीवी घिमिरेले प्रवासीहरुका मुद्दामा नेपाल सरकार र सबै राजनीतिक पार्टीहरु सकारात्मक रहेको र भर्खरै प्रधानमन्त्रीसमेतको उपस्थितिमा नागरिकता निरन्तरताको कार्यक्रम गरि नेपाल सरकारलाई दस्ताबेज पेश गरेको जानकारी गराउँदै सबै नेपाली संस्थाहरुसँग सहयोग र सहकार्य गर्न संघ तयार रहेको बताए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहाकार कमिटी संयोजक सञ्जय थापा, प्रवासी नेपाली मञ्च उत्तर अमेरिकी कमिटी संयोजक इश्वरी भट्ट र प्रवासी नेपाली मञ्च अमेरिकाका नवनिर्वाचित अध्यक्ष कृष्ण लामिछानेले अधिवेशन सफलताको कामना गर्दै नवनिर्वाचित पदाधिकारीहरुले भविष्यमा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरे । यसैगरी नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकाश ओलीले अधिवेशन सफलताको कामना गर्दै क्यानडामा पार्टीगत हिसाबले विचार फरक देखिए पनि आफ्नो समुदायको हितका लागि सबै संस्था एकजुट रहेको स्पष्ट पारे । मञ्चका निवर्तमान अध्यक्ष रमेश थापाले प्रवासी मञ्चले आपत्त विपत्तको समयमा यहाँका सबै संघसंस्थाहरुसँग विगत १० वर्षदेखि सहकार्य गर्दै आएकाले आगामी दिनहरुमा पनि यस्तै वातावरण कायम रहने विश्वास व्यक्त गरे । मञ्चको स्थापनाकालदेखि नेतृत्व सम्हाल्दै आएका थापाले १० वर्षपछि नेतृत्व हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनसीसीएस, एनसीएनसी, लालीगुराँस स्पोर्टस क्लब, नेप्लिज टोरोन्टो स्पोर्टस क्लब, पिएनसीसी, कास्की सेवा समाज, बाग्लुड सेवा समाज, गोरखा समाजलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै नेपाली लोक गायक पुरुषोत्तम न्यौपानेले शुभकामना दिँदै केही लोक गीत प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया