
नेपाल:स्थानिय चुनावमा सूर्यध्वजा वाहक उमेदवारहरूलाई विजय बनाउन र नेकपा (एमाले)को पक्षमा जनमत सृजना गर्ने उदेश्यले स्वस्फुर्त रूपमा चुनावी गित/भिडियो जनता समक्ष ल्याई पार्टीलाई सहयोग गर्नु भएका निर्माता,सर्जक,गायन क्षेत्रका कलाकार,संङगीतकार,अभिनय क्षेत्रका कलाकार ,निर्देशकहरूलाई एकै पटक इतिहासमै पहिलो पटक झण्डै ३५० जनालाई राष्ट्रिय जनसङगीत कलाकार संघ नेपालले सम्मान स्वरुप कदर पत्रले सम्मान गरेको छ। यसै सन्दर्भमा प्रवासी नेपाली मञ्च जापानले निर्माण गरेको यस पाली हजुरको “छाप पनी सूर्यमै “गित लाई पनि चौतर्फि रुपमा हाईहाई संगै नेकपा(एमाले)का श्रद्वेय अध्यक्ष एवं सम्माननिय पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली बाट सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको हो।
यता प्रवासि मन्च जापानले प्रवासी नेपाली मञ्च जापानलाई मञ्च उपलब्ध गराई प्रवासका भावना साट्न अवसर दिनु भएकोमा प्रवासी नेपाली मञ्च जापानको तर्फबाट राष्ट्रिय जनसङगीत कलाकार संघ र नेतृत्व बर्गहरूलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ। साथै छाप पनि सूर्यमै गित निर्माण गर्न सहयोग गर्नु हुने रचनाकार ,गायककार , संगीतकार,निर्देशक ,अभिनेता/अभिनेतृ लगाएत आर्थिक,भौतिक,नैतिक रूपका साथै प्रत्यक्ष वा अप्रत्यक्ष कमिटिको अभियानलाई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई ONF जापानले हार्दिक धन्यबाद ब्यक्त गरेको छ।
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सुर्य चिन्ह्रलाई प्रचार प्रसार र सबैको हातहातमा पुर्याउन बुद्धि राज घिमिरेको नेतृत्वमा रहेको ONF कान्तो कमिटि जापानले अभियान स्वरुप ७ हजार ७ सय झण्डा पाटिलाई हस्तान्तरण गरेको थियो।यस हस्तान्तरण अभियानले पाटिमा पृथक सोच र सहयोग भनेर प्रसंसा गरिएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया