(जापानमा बस्न अयोग्य ठहर गर्दै देश फर्किने तयार गर भनेर दिईने छोटो अवधीको) भिसा दिएपछि नेपाल गएर सेन्सेइ बन्नुभको मान्छेले त कमसेकम झूट नबोल्दिनुस ।

जापान: जापानको कानुन ले तोके भन्दा बडि काम गरेका,जसको कारण बस्न अयोग्य ठहर भएर वा अन्य गतिबिधिबाट रिफुजि बसेर नेपाल फर्कने अनि हल्ला बडि गरेको देखिन्छ। यस्ता ब्यक्तिको consultancy पनि अत्यधिक रहेको र बिधार्थिलाई अनावस्य पैसा कमाउने बाहानामा भाषाकक्षामा लोभ्याउने गरेको अवस्थामा नविना भण्डारी यस्तो लेख्दै सुझाव दिनु हुन्छ:

श्री consultancy
संञ्चालक ज्यु
नमस्कार 🙏🙏🙏
हजुरहरुको कामलाई सम्मान गर्दै आज म यो पनि भन्न चाहान्छु कि हजुरहरुको आफ्नो फाइदा विजनेस र दुई चार हजार को लोभमा कसैले ज्यान गुमाउछन भने त्यो पक्कै पनि राम्रो हैन होला यहाँहरुको Help support अनि जापान आउन चाहानेहरुको लागी गर्नुभएको मोटीभेसनको लागि म सदैब सम्मान गर्छु तर जापान आउन चाहाने हरुलाई Reality जे हो त्यहि भन्दिनुस हजुरहरुको consultancy त्यो ठाउँसम्म पुग्नुमा student हरुको नै ठूलो भूमिका छ studentलाई झूट कुरा गरेर भएको नभएको कुरा भनेर कसरि हुन्छ जापान पठाउन पाए हुन्थ्यो भन्ने सोच्नु भन्दा पनि आफूले आफ्नो consultancy बाट पठाएको student ले कति समस्या भोगेको छ काम पायो कि पाएन भन्ने कुरापनि सोच्ने गर्नुस हो थाहानभाको कुरात थाहा भएन थाहा भएको कुरा त जे हो त्यहि भन्दिनुस म पनि पाँच वर्ष अगाडि studentमा नै आएको हो जापान म आफैलाइपनि जापान पुग्नपाए मात्र पनि हुन्थ्यो भन्ने भएको थियो यसको मतलव यो हैनकि भको नभको कुराहरुको आश्वासन देखाएर हजुरले मलाई जापान पुरयाउनुहोस
हजुरहरुलाई त्याहाँ कुर्सिमा बसेर बोल्न जति सजिलो छनि यहाँ आएर नयाँलाई Adjust हुन त्यतिनै गाहोर्छ सोच्नुसत तपाइको छोराछोरी या कोही आफन्तलाई कसैले हुदै नभएको कुरा हरु गरेर जापान गए पछि गएको २बर्ष नहुदै उनिहरुले सुसाइड गरे भने के हुन्छ कति गरेर महङ्गो ब्याजमा लोन लिएर त्यो पैसा हजुरहरुको बोलीको भरमा विश्वास मा pay गरेर जापान पठाएको छोरा छोरी ले जापानमानै सुसाइड गर्योरे भन्दा बावा मम्मीको मन कस्तो हुन्छ होला त्यो बाबा मम्मीको ठाउँमा आफूलाई राखेर हेर्नुसत के उहाहरुले १४ /१५ लाख खर्चगरेर मर्नको लागि जापान पठाउनु भएको होर कमसेकम जेहो त्यहि Reality मात्रपनि हजुरले भन्दिनु भयो भने उनिहरुले माइन्ड मेकअप त गर्न पाउँछन| जापान एकपटक पनि नआउनु भएको सेन्सेइ हरुले त अरुको कुरा सुनेर भन्नुभयो भन्नुभयो हजुर जापान आएर आरुवाइतो धेरै गरेर जुम्मीभिजा दिएपछि नेपाल गएर सेन्सेइ बन्नुभको मान्छेलेत कमसेकम झूट नबोल्दिनुस जापानमा दुःख भएर जापानको दुःख सहन नसकेर नेपालजाने अनि सेन्सेइ बनेर जापानमा महिनाको ३लाख कमाइत सजिलै हुन्छ भन्दिएर हुन्छ तअनि
Consultancy संञ्चालक ज्यु
अनि जापानले जुम्बी भिजादिएर नेपालमा सेन्सेइ बन्नुभएका सेन्सेइहरु
एक हप्तामा ३ जना ले सुसाइड गरे मैले यो सबै सुसाइडको रिजन हजुरहरु हो भन्न खोजेको चाँहि पक्कै छैन है Reality भन्दिनुस जापानको मात्र भन्न खोजेको हो। यहाँहरुलाई दुई जोडेर भन्छु नभएको कुरा गरेर कसैलाइपनि जापान नपठाउनुहोस Reality भन्दिनुस सबैजना भएर सत्यताको आधारमा विजनेस गरौ कसैलाई पनि झूट प्रलोवन नदेखाउँ अनि नयाँ जो जापान आउदै हुनुहुन्छ जापानको बारेमा यहाको दुःखको भाषाको समस्याको बारेमा राम्रोसंग बुझेर मात्र आउनु होला
जापानमा पैसा कमाउन नसकिने हैन सकिन्छ तर त्यो कमाइको लागि निश्चित मूल्य तिर्नुपर्छ
🙏🙏🙏
बाँकि अको भागमा
नविना भण्डारी टोकियो जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया