
जापान: विध्यार्थी भिसामा जापान आउन चाहदै हुनुहुन्छ भने निम्न कुराहरु बुझिराख्नुस भन्ने सुझाव दिदै हुनु हुन्छ:
१. Student Visa मा जापान आउन कम्तिमा +2 पास चाहिन्छ । यहाँ आएर सुरुको २ वर्ष भाषा कोर्स पढ्नै पर्छ । तेस पछि बल्ल university छिर्न पाउनु हुन्छ । मतलब तपाईको २ वर्ष time lost/waste हुन्छ । नेपालमै पढे diploma 2 year पुग्न सकिन्छ । २ वर्ष सानो अबधि होइन ।
२. भाषा बोल्न सजिलो छ, लेख्न पढ्न गार्हो छ । लेखन या script ३ किसिमका हुन्छन 1.हिरागाना (Japan origin), 2.काताकाना(विदेशी आगन्तुक शब्दका लागि), 3.खान्जी(China origin), ज्यादा खान्जी प्रयोग हुन्छ, जुन जटिल बुझ्न कठिन छ । म स्वयम 2013, April देखि जापान छु, मलाई अझै 50% खान्जी आउँदैन । खान्जीकै कारण ९५ % नेपाली विद्यार्थीहरु university जाँदैनन, vocational training college जान्छन र work visa मा convert गर्छन । मतलव ९५% विध्यार्थीको academic education/qualification नेपालमा जति हो त्यति नै हुन्छ, बढ्दैन ।
३. प्राय: स्कुल मेन सिटी भन्दा टाढा, कुना काप्चा तिर हुन्छ । हप्ताको ५ दिन class लाग्छ । 9-12:30(morning) र 13-16:30(day) दुइटा shift हुन्छ । एउटा choose गरेर पढ्नुपर्छ । attendance कम्तिमा 80% हुनैपर्छ नत्र अर्को वर्ष visa रिन्यू हुँदैन । कहिले काँही class मा late पुगियो भने % घट्छ । अत: पाँचै दिन class जानै पर्ने हुन्छ ।
४. part time job छिटो या ढिलो तपाईको भाषा skill, काम खोजिदिने स्कुल या पुराना senpai दाई/दिदी संगको connection मा भर पर्छ ।
५. काम गर्न पाउने legally हप्ताको २८ घण्टा, monthly ११२ घण्टा हो । पहिला जस्तो जापान छैन । यो भन्दा बढी काम गर्नासाथ immigration ले तपाईको स्कुलमा call गरेर warning दिइहाल्छ । Tokyo भित्र day को १००० night को १२५० yen, Tokyo बाहिर day ७५०/८००, night १००० yen प्रतिघण्टा हुन्छ । तपाईको मासिक income औषतमा १ लाख देखि १ लाख २० हजार सम्म हुन्छ ।
६. यद्दपि परिचय लुकाएर डकुमेन्ट नराखी hand cash जती पनि काम गर्ने छुट छ तर यस्तो हत्तपत्त मिल्दैन र यो सुरक्षित उपाय होइन,कुनै पनि बेला on the spot झ्याप भयो भने झन समस्या निम्त्याउँछ ।
७. खर्चको कुरा, यहाँ आउनु अघि नै नेपालबाट 6 month/1 year को school fee र 3/6 month को hostel fee तिरेको हुन्छ । जसमा खाना include हुँदैन । तेसपछि आफै manage गर्नुपर्छ । जापान महँगो देश हो । school fee monthly ५० हजार, rent २५-३० हजार, खाना २० हजार, transportation १० हजार, मोबाइल बिल १० हजार ! अर्थात सामान्यत: मासिक औषत १ लाख एन खर्च हुन्छ ।
८. यहाँको वर्तमान स्थिति (लगभग अबको २ वर्ष सम्म): जापान कोरोनाबाट अझै तंग्रेको छैन, economy डामाडोल छ, पर्यटन क्षेत्र लगायत धेरै होटल,चेन रेस्टुरेन्ट बन्द भएका छन, रुस-युक्रेन युद्दका कारण बाहिरबाट कच्चा पदार्थ कम आएको छ र धेरै कम्पनीहरु full phase मा चलेका छैनन, यहाँ पनि तेलको भाउ बढेको छ,महँगी बढेको छ ।
अन्त्यमा, निसन्देह जापानको शिक्षा high quality को छ । No doubt शिक्षण पद्वति वैज्ञानिक छ,उत्कृष्ट छ । विशुद्द अध्ययन या long term goal लिएर आउनु हुन्छ भने स्वागत छ नत्र मेरो व्यक्तिगत राय/सुझाब/सल्लाह विध्यार्थी भिसामा जापान नआउनुस,नपठाउनुस कम्तिमा २ वर्ष । काम छैन । 🙏
-CB Thokar, Oita,Japan
फेसबुकबाट तपाइको प्रतिक्रिया