सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ, अन्य दुईजना फरार

दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।

बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।

चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया