जापानमा निलकण्ठ कँडेलको हृदयघात भई निधन

टोकियो । बाग्लुङ जिल्ला काठेखोलाका निलकण्ठ कँडेलको जापानमा निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रान्तको तोकोरोजावामा बस्दै आएको निलकण्ठ कँडेलको आईतबार विहान हृदयघात भई निधन भएको हो ।

श्रीमती र २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षीय कँडेलको आईतबार विहान घरमा बेहोस भएपछि निधन भएको बताईएको छ । कँडेलको १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएको छ ।

कँडेल कुक भिषामा बिगत ९ बर्षदेखि कार्यरत रहेका थिए । परिवारले दिएको जानकारी अनुसार आज सोमबार मृतक कँडेलको टोकियोको गोतान्दामा अन्त्येष्टि गरिनेछ ।
जापानमा यस जुन महिनाको दोश्रो साता नबित्दै कँडेल सहित ३ जना नेपालीहरुको निधन भईसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया